Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

चार वर्षपछि बीमा विधेयक पारित गर्ने तयारी

चार वर्षपछि बीमा विधेयक पारित गर्ने तयारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २९, २०७९ आइतवार • ०९:५७:१० बजे
  • 514
    SHARES
  • चार वर्षपछि बीमा विधेयक पारित गर्ने तयारी

    प्रतिनिधिसभा बैठकको आजको कार्यसूचीमा बीमा विधेयक पारित गर्ने लगायत रहेका छन् । करिब चार वर्षअघि संघीय संसदमा दर्ता भएको बीमा विधेयक बल्ल पारित गर्ने तयारी थालिएको हो ।

    images

    आज बिहान ११ बजे प्रतिनिधिसभा बैठकमा अर्थ समितिको प्रतिवेदन सहितको बीमा विधेयक २०७५ पारित गर्ने संसद सचिवालयको सम्भावित कार्यसूचीमा उल्लेख छ । वि.सं. २०७५ असार २७ गते उक्त विधेयक दर्ता भएको थियो ।

    यसका साथै आज सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६ माथि पनि छलफल हुने र सम्भवतः आजै पारित हुने जनाइएको छ ।

    यसैगरी आजको सम्भावित कार्यसूचीमा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले शहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक २०७६ लाई पारित गरियोस् भन्ने प्रस्ताव समेत पेश गर्ने उल्लेख छ ।

    साथै काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक २०७६, स्टाण्डर्ड नाप र तौल (पाँचौ संशोधन) विधेयक २०७८ र प्रत्यायन विधेयकमाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची समेत सचिवालयले सार्वजनिक गरेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology