Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

आगामी निर्वाचनमा १० अर्ब खर्च हुने अनुमान

आगामी निर्वाचनमा १० अर्ब खर्च हुने अनुमान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २९, २०७९ आइतवार • १२:०९:११ बजे
  • 514
    SHARES
  • आगामी निर्वाचनमा १० अर्ब खर्च हुने अनुमान

    निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका १० अर्ब खर्च हुने अनुमान आयोगले गरेको छ ।

    images

    आइतबार निर्वाचन आयोगले सम्पादकहरुसँगको छलफल कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अनुमानित खर्च १० अर्ब हुने बताए । आगामी निर्वाचनमा कुल मतदाता करिब १ करोड ८२ लाख रहेको पनि निर्वाचन आयोगले जनाएको छ ।

    मतदानस्थल करिब १० लाख ८२५ र मतदान केन्द्र अस्थायीबाहेक करिब २२ हजार ५०० रहेको आयोगले जानकारी दिएको छ ।

    यस्तै, आयोगका प्रमुख आयुक्त थपलियाले गत स्थानीय तहको निर्वाचनमा काठमाडौ र पोखरा जस्ता ठाँउमा अत्यधिक मत बदर भएको बताए । उनले शिक्षित मतदाता रहेका ठाँउमा पनि धेरै मत बदर भएको भन्दै साक्षरता दर धेरै भएको ठाउँ पनि मत बदर भएकोमा छक्क परेको बताए ।

    ‘काठमाडौंमा सचेतना नभएर मत बदर भएको हो वा विद्रोही गरेर मत बदर भएको हो ? हामी छक्क परेका छौं’ उनले भने, ‘काठमाडौ जस्तो ठाँउमा पोखरामा अत्यधिक मत बदर भएको छ ।

    डिजिटल माध्यमबाट मतदाता शिक्षा पद्धतिलाई फेर्नुपर्ने हो कि भन्ने लागेको छ ।’ आयोगले मतदाता शिक्षा कसरी गर्दा उपयुक्त हुन्छ भन्ने बारेमा सुझाव मागेको छ ।

    प्रमुख आयुक्त थपलियाले मतदाता शिक्षाका लागि विविधता युक्त सामग्री तयारी, प्रकाशन एवम् प्रशारण विद्युतीय माध्यमको प्रयोगमा विशेष जोड दिने बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology