Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

माओवादीको चिन्ह ‘हँसिया हथौंडा’बाट निर्वाचन लड्दै बाबुराम

माओवादीको चिन्ह ‘हँसिया हथौंडा’बाट निर्वाचन लड्दै बाबुराम

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २९, २०७९ आइतवार • १६:४४:५३ बजे
  • 1.2K
    SHARES
  • माओवादीको चिन्ह ‘हँसिया हथौंडा’बाट निर्वाचन लड्दै बाबुराम

    भर्खरै नयाँ दल ‘नेपाल समाजवादी पार्टी’ गठन गरेका डा. बाबुराम भट्टराई आफ्नो पुरानो पार्टी नेकपा माओवादी केन्द्रको निर्वाचन चिन्हबाट निर्वाचन लड्ने निष्कर्षमा पुगेका छन् ।

    images

    पार्टी गठन भएलगत्तै प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा भएका कारण तयारी नपुग्ने भएकाले बाबुराम आफ्ना पार्टीका उम्मेदवारलाई माओवादीको निर्वाचन चिन्हबाट प्रतिस्पर्धा गराउने निष्कर्षमा पुगेको एक नेता बताएका छन् ।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बाबुरामबीच एउटै निर्वाचन चिन्ह र संयुक्त घोषणापत्र मार्फत निर्वाचनमा सहभागी हुने विषयमा छलफल भएको छ ।

    आइतबार प्रचण्ड–बाबुरामबीच छलफल भएको थियो । आइतबारको छलफलमा बाबुरामले प्रचण्डलाई आगामी निर्वाचनमा एउटै निर्वाचन चिन्ह प्रयोग गर्ने र संयुक्त घोषणापत्र जारी गर्ने प्रस्ताव गरेका थिए । बाबुरामको प्रस्तावमा सहमति जनाउँदै प्रचण्डले ‘जनतामा स्थापित भइसकेको हँसिया हथौंडा प्रयोग गरौ’ भनेका थिए ।

    प्रचण्डको प्रस्तावमा बाबुराम सहमत भएको ति नेताले जानकारी दिइका छन् । माओवादीको निर्वाचन चिन्हबाट आगामी निर्वाचनमा सहभागी हुन बाबुराम तयार भए पनि उनको पार्टीले औपचारिक निर्णय भने गरिसकेको छैन ।

    कतिपय नेता निर्वाचन पार्टी र पार्टीको चिन्ह स्थापित गर्ने महत्वपूर्ण अवसर भएकाले आफ्नै चिन्हबाट निर्वाचनमा सहभागी हुनुपर्ने पक्षमा छन् । पूर्व माओवादी नेता बाबुरामले केही वर्ष अगाडि माओवादी परित्यग गर्दै नयाँ पार्टी गठन गरेका थिए । तर, नयाँ पार्टी गठन गरेपछि अपेक्षित असफलता प्राप्त गर्न नसकेपछि बाबुराम पुरानो पार्टी माओवादीसँग सहकार्य गर्ने अवस्थामा पुगेका हुन् ।

    पछिल्लो सयमा ‘समाजवादी केन्द्र’ निर्वाणको प्रयासमा रहेका बाबुराम समाजवादी केन्द्र गठन गर्दै माओवादीमा समाहित हुने प्रयास गरिरहेका छन् । तर, प्रचण्डले ‘अहिले समाजवादी केन्द्र गठनको सम्भावना छैन’ भनेपछि बाबुरामले अहिलेको अवस्थामा माओवादीसँग सकार्य गरेर अस्तित्व रक्षा गर्ने रणनीति बनाएका छन् ।

    मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा बाबुराम गोर्खा २ बा प्रस्तिस्पर्धा गर्ने तयारीमा छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology