Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

टिपरले बाख्रालाई ठक्कर दिएपछि रोकिए फोहोर बोकेका गाडी

टिपरले बाख्रालाई ठक्कर दिएपछि रोकिए फोहोर बोकेका गाडी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २९, २०७९ आइतवार • १८:०७:१२ बजे
  • 385
    SHARES
  • टिपरले बाख्रालाई ठक्कर दिएपछि रोकिए फोहोर बोकेका गाडी

    काठमाडौं महानगरपालिकाको फोहोर बोकेको गाडीले बाख्रालाई ठक्कर दिएपछि स्थानीय बासिन्दाले आन्दोलन सुरु गरेका छन् ।

    images

    बञ्चरेडाँडा जानेक्रममा फोहोर बोकेका गाडीको ठक्करबाट ककनी गाउँपालिकाको कागती गाउँमा बाख्रा मरेपछि फोहोरको गाडी रोकेका हुन् । स्थानीयवासीहरुले बाख्राको क्षतिपूर्ति माग गर्दै गाडी रोकेका हुन् ।

    झण्डै एक महिनादेखि काठमाडौंको फोहोर व्यवस्थापन हुन नसक्दा काठमाडौंका सडकमा फोहोरका डंगुर थुप्रिएको छ ।

    सिसडोलमा रातिको समयमा फोहोर बोकेको ट्रक तोडफोड भएपछि काठमाडौं महानगरपालिकाले आइतबारदेखि प्रहरीको सुरक्षामा फोहोरका गाडी बञ्चरेडाँडातर्फ लैजान थालेको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology