Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

राष्ट्रपतिले एमालेको गलत कदमलाई साथ दिएर ठूलो गल्ती गरिन् : मन्त्री आङ्बो

राष्ट्रपतिले एमालेको गलत कदमलाई साथ दिएर ठूलो गल्ती गरिन् : मन्त्री आङ्बो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३०, २०७९ सोमवार • १०:४९:५३ बजे
  • 523
    SHARES
  • राष्ट्रपतिले एमालेको गलत कदमलाई साथ दिएर ठूलो गल्ती गरिन् : मन्त्री आङ्बो

    प्रदेश- १ आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो ‘मौसम’ले नागरिकता विद्येयकलाई फिर्ता गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो गल्ती गरेको टिप्पणी गरेका छन् ।

    images

    नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका आङ्बोले सामाजिक संजालमा स्टाटस लेख्दै देशका लाखौं नागरिकलाई नागरिकताविहीन र राज्यविहीन बनाउने एमालेको कदमलाई राष्ट्रपतिले साथ दिएकोसमेत आरोप लगाएका हुन् ।

    मन्त्री आङ्बोले फिर्ता भएको विद्येयक अब पुन: संसदले जस्ताको त्यस्तै राष्ट्रपति कहाँ पठाएर प्रमाणीकरण गर्न बाध्य बनाउनु पर्ने उनको भनाइ छ ।

    प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएको नागरिक विद्येयक रोकेको भन्दै सत्ता पक्षले राष्ट्रपतिको विरोध जनाइरहेका छन् । उनीहरुले नेकपा (एमाले) सरकार रहँदा उस्तै प्रकारको अध्यादेश जारी गर्दा छिनभरमै प्रमाणित गरेको र अहिलेको विद्येयक भने फिर्ता गर्नु राष्ट्रपतिको गैरजिम्मेवारीपन भएको टिप्पणी गरिरहेका छन् ।

    उता नेकपा एमालेले भने राष्ट्रपतिको कदमलाई स्वागत गरेको छ । आइतबार राष्ट्रपति भण्डारीले संसदबाट आएको विद्येयक पुनरविचार हुन आवश्यक भएको भन्दै फिर्ता गरेकी थिइन् ।

  • सम्बन्धित विषय:

  • # मन्त्री आङ्बो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology