Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

११ चिनियाँ सैन्य विमान ताइवानको वायु रक्षा क्षेत्रमा प्रवेश

११ चिनियाँ सैन्य विमान ताइवानको वायु रक्षा क्षेत्रमा प्रवेश

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३०, २०७९ सोमवार • ११:२०:२० बजे
  • 718
    SHARES
  • ११ चिनियाँ सैन्य विमान ताइवानको वायु रक्षा क्षेत्रमा प्रवेश

    ११ चिनियाँ सैन्य विमानहरू ताइवान स्ट्रेटको मध्य रेखा पार गरेर आइतबार ताइवानको वायु रक्षा क्षेत्रमा प्रवेश गरेको ताइवानको रक्षा मन्त्रालयले दाबी गरेको छ ।

    images

    आफूले दाबी गरेको टापु वरपर बेइजिङले सैन्य गतिविधि बढाइरहेका बेला चिनियाँ सेना ताइवानको वायु रक्षा क्षेत्रमा प्रवेश गरेका हुन् ।

    चीनले निरन्तर ताइवान वरपर आफ्नो सैन्य गतिविधि जारी राखेको छ । तर, गत साताको तुलनामा चिनिया गतिविधि न्यून छन् ।

    जनवादी गणतन्त्र चीनले यस टापुमा कहिल्यै शासन नगरेको हुनाले यसलाई दाबी गर्ने वा यसको भविष्यको निणर्य गर्ने अधिकार नभएको ताइवान सरकारले बताउँदै आएको छ ।

    बेइजिङमा जनवादी गणतन्त्र चीनको स्थापना गर्ने माओत्सेतुङको कम्युनिष्ट पार्टीसँग गृहयुद्ध हारेपछि पराजित गणतन्त्र चीनको सरकार सन् १९४९ मा ताइवान भागेको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology