Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

माओवादी केन्द्र निर्वाचन आयोगमा दर्ता, समाजवादी पार्टीलाई चिह्न दिन छुट्टै निर्णय हुने

माओवादी केन्द्र निर्वाचन आयोगमा दर्ता, समाजवादी पार्टीलाई चिह्न दिन छुट्टै निर्णय हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३०, २०७९ सोमवार • १४:२४:४३ बजे
  • 1.4K
    SHARES
  • माओवादी केन्द्र निर्वाचन आयोगमा दर्ता, समाजवादी पार्टीलाई चिह्न दिन छुट्टै निर्णय हुने

    नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।

    images

    नेता लीलामणि पौडेल, मुक्ति प्रधान, केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्याय लगायतका नेताहरु आयोगमा गएर दल दर्ता गराएका हुन् ।

    माओवादी केन्द्र र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच एउटै चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्ने सहमति भइसकेको नेताहरु बताउँछन् । माओवादी केन्द्र र समाजवादी पार्टीले एउटै चुनाव चिह्न प्रयोग गर्न फेरि निर्णय गर्नुपर्छ ।

    माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव उपाध्यायले त्यसको गृहकार्य भइरहेको बताए ।

    निर्वाचनसम्बन्धी ऐनको एउटै चुनाव चिह्न प्रयोगसम्बन्धी व्यवस्था अनुसार दुई पार्टीले एउटै चुनाव चिह्न लिने निर्णय गरेर आयोगलाई जानकारी गराउने उनको भनाइ छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology