Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पाकिस्तानमा बर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १९६ पुग्यो

पाकिस्तानमा बर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १९६ पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३०, २०७९ सोमवार • १८:००:४४ बजे
  • 769
    SHARES
  • पाकिस्तानमा बर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १९६ पुग्यो

    एजेन्सी । पाकिस्तानको बालुचिस्तानमा बर्षाजन्य घटनामा परी थप आठ जनाको मृत्यु भएको छ । योसँगै पछिल्लो प्राकृतिक प्रकोपमा परी पाकिस्तानमा मृत्यु भएकाहरुको सङ्ख्या १९६ पुगेको छ ।

    images

    मृत्यु भएका मध्ये ९६ जना पुरुष रहेका छन भने ४५ जना महिला छन् । त्यसैगरी ५५ जना बालबालिकाको मृत्यु भएको जनाइएको छ । बर्षाका कारण बालुचिस्तानका धेरै ठाउँमा आएको बाढी पहिरोकाले मानवीय र भौतिक क्षति गरेको छ । बाढी पहिरोका कारण पछिल्लो तीन दिनमा ८१ जना घाइते भएका छन् ।

    उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरुले जनाएका छन् । प्राकृतिक प्रकोपमा परी एक लाख सात हजार ३७७ पशु चौपायाहरु पनि परेको प्रान्तीय प्रकोप व्यवस्थापन प्राधिकरणले जनाएको छ । बलुचिस्तानको बोलान, क्वेटा, झोव, डाक्की, खुज्डर, कोलु, केच, मस्तुङ, हर्नाइ, क्विला साइफुल्लाह र सिब्बीमा बाढी पहिरोले मानवीय क्षति गरेको हो ।

    बाढी पहिरोले सडक यातायात सेवा, विद्युत, सञ्चारलगायतका सेवा पनि प्रभावित भएका छन् । ती सेवा सुचारु गर्नका लागि प्रयास भइरहेको अधिकारीहरुको भनाई छ ।

    बाढी पहिरोले मानिसहरु बस्ने घरहरुमा पनि ठूलो क्षति पु-याएकाले क्षतिग्रस्त घरका बासिन्दा विस्थापित भएका छन् । उनीहरुलाई अस्थायी शिविरमा राखिएको छ ।

    स्थानीय एक अधिकारीका अनुसार क्विला साइफल्लाहमा मात्रै झण्डै १२० घर क्षतिग्रस्त भएको पाइएको छ । त्यसैगरी अन्य ठाउँमा अरु २०० घर क्षतिग्रस्त भएको अधिकारीहरुले जनाएका छन् ।

  • सम्बन्धित विषय:

  • # पाकिस्तानमा बर्षा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology