Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाली चिया खरिद गर्न चीन सकारात्मक

नेपाली चिया खरिद गर्न चीन सकारात्मक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३१, २०७९ मंगलवार • ०९:५२:४४ बजे
  • 790
    SHARES
  • नेपाली चिया खरिद गर्न चीन सकारात्मक

    नेपाली चिया खरिद गर्न चिनियाँ सरकार सकारात्मक रहेको जनाइएको छ ।

    images

    नेपालले चिया निर्यातका लागि जीटुजी (सरकार–सरकारबीच) सम्झौताको प्रस्ताव गरेकामा चिनियाँ पक्षले सकारात्मक प्रतिक्रिया दिएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक डा. दीपक खनालले जानकारी दिनुभयो ।

    त्यहाँ भएको दुईपक्षीय छलफलमा नेपाली चिया आयातका लागि चीन सकारात्मक भएको त्यहाँ रहेको नेपाली दूतावासका अधिकारीले आफूलाई जानकारी पठाएको निर्देशक खनालले बताउनुभयो ।

    परराष्ट्रमन्त्री नारायण खड्काको नेतृत्वमा चीन भ्रमणमा गएको टोलीले सो प्रस्ताव गरेको हो । मन्त्री खड्कासहितको टोलीले गत साता चीनको भ्रमण गरेको थियो । नेपाली चिया निर्यातका विषयमा चीनसँग यसअघिदेखि नै कुराकानी भइरहेको थियो ।

    त्यसबारे केही कागजात पनि आदानप्रदान भइसकेको छ । यस पटक दुवै सरकारबीच सम्झौता गर्नका लागि प्रस्ताव नै पठाएको उहाँले बताउनुभयो । चिया नेपालको मुख्य निर्यात वस्तु हो ।

    आव २०७७/७८ मा तीन अर्ब ७९ करोड रुपियाँको ११ हजार ९२० मेट्रिक टन र २०७६/७७ मा दुई अर्ब ७८ करोड रुपियाँको ११ हजार १८५ मेट्रिक टन चिया निर्यात भएको थियो । याे खबर गाेरखापत्र दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # चीन सकारात्मक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology