Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

प्रचण्ड र बाबुराम संयुक्त दल दर्ताका लागि आयोग जाँदै

प्रचण्ड र बाबुराम संयुक्त दल दर्ताका लागि आयोग जाँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३१, २०७९ मंगलवार • १०:१७:३६ बजे
  • 628
    SHARES
  • प्रचण्ड र बाबुराम संयुक्त दल दर्ताका लागि आयोग जाँदै

    नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले संयुक्त दल दर्ता गर्ने भएका छन् ।

    images

    अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराई दिउँसो संयुक्त दल दर्ताका लागि निर्वाचन आयोग जान लागेका हुन् ।

    दुवै दलले संयुक्त रुपमा निर्वाचन लड्ने निर्णय यसअघि नै गरिसकेका छन् । आयोगले २ वा २ भन्दा बढी दल एउटै चुनाव चिन्हबाट लड्न चाहेमा मंगलबारसम्म दल दर्ता गर्ने समय दिएको छ ।

    माओवादी स्थायी कमिटी बैठक जारी


     नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ ।

    पार्टी कार्यालय पेरिसडाँडामा बिहान साढे ८ बजेपछि बैठक सुरु भएको हो । बैठकमा एजेन्डा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) सँगको सहकार्य र मोर्चाबन्दीबारे छलफल भइरहेको छ ।

    मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचन लक्षित कार्यक्रम र नेताको कार्यविभाजनबारे पनि बैठकमा छलफल हुने नेताले बताएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology