Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

बाबुराम र वामदेवलाई चुनाव चिह्न दिने माओवादीको निर्णय

बाबुराम र वामदेवलाई चुनाव चिह्न दिने माओवादीको निर्णय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३१, २०७९ मंगलवार • १२:०१:५९ बजे
  • 634
    SHARES
  • बाबुराम र वामदेवलाई चुनाव चिह्न दिने माओवादीको निर्णय

    नेकपा माओवादी केन्द्रले बाबुराम भट्टराई नेतृत्वको नेसपा र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानलाई चुनाव चिह्न प्रयोग गर्न दिने निर्णय गरेको छ। मंगलबार बसेको माओवादी स्थायी कमिटी बैठकले भट्टराई र गौतम दुबैलाई संघीय निर्वाचनमा चुनाव चिह्न प्रयोग गर्न दिने निर्णय गरेको हो । 

    images

    माओवादी केन्द्रका आमन्त्रित स्थायी समिति पेशल खतिवडाका अनुसार भट्टराईलाई पार्टीको चुनाव चिह्न प्रयोग गरेर निर्वाचन लड्न दिने औपचारिक निर्णय भएको छ। तर, वामदेवको हकमा चुनाव चिह्न दिएपनि कहाँबाट लड्ने भन्नेबारे चाहिँ गठबन्धनमा छलफल गरेर निष्कर्षमा पुग्ने निर्णय भएको छ । 


    ‘वामदेवजी हँसिया हथौडा चुनाव चिह्न लिएर चुनाव लड्न तयार हुनुहुन्छ । उहाँले तपाईंहरुको पार्टीको चुनाव चिह्नमा लड्छु भन्नु भएपछि हामीले चुनाव चिह्न दिने निर्णय गर्‍यौँ’ रातोपाटीसँग कुरा गर्दै खतिवडाले भने,‘उहाँ (वामदेव)ले बर्दियाबाट नभइ प्यूठानमै चुनाव लड्छु भनेपछि गठबन्धनमा अप्ठ्यारो भयो ।

    प्यूठानबाहेक अन्त चुनाव लड्दिनँ भन्ने भएपछि गठबन्धनमा छलफल गरेर मात्रै टुंग्याउनु पर्नेछ ।’ प्यूठान जनमोर्चालाई दिने गठबन्धनमा छलफल भइरहेकाले वामदेवले दाबी गरेपछि समस्या परेको हो । 

  • सम्बन्धित विषय:

  • # बाबुराम र वामदेव
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology