Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

राष्ट्रपतिलाई विवादमा नल्याऔं : एमाले

राष्ट्रपतिलाई विवादमा नल्याऔं : एमाले

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३१, २०७९ मंगलवार • १२:१६:५५ बजे
  • 928
    SHARES
  • राष्ट्रपतिलाई विवादमा नल्याऔं : एमाले

    नेकपा एमालेले नागरिकता विधेयक फिर्ताबारे राष्ट्रपति विद्यादेवी भण्डारीलाई विवादमा नल्याउन आग्रह गरेको छ ।

    images

    मंगलबार प्रतिनिधि सभामा बोल्दै एमाले सांसद विशाल भट्टराईले राष्ट्रहितका लागि राष्ट्रपति भण्डारीले नागरिकता विधेयक पुनर्रविचारका लागि संसदमा फिर्ता गरेको बताए ।

    उनले भने, ‘नागरिकताजस्तो संवेदनशील विषयमा राजनीतिक दलहरु विभाजित हुनुहुँदैन । राजनीतिक दलबीच सहमति कायम गरेर नागरिकतासम्बन्धी निर्णय गरौं ।’

    उनले राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरेको विषयलाई एमालेसँग नजोड्न समेत आग्रह गरे । उनले भने,’ प्रधानमन्त्रीज्यूसँग समेत परामर्श गरेपछि राष्ट्रपतिले विधेयक फिर्ता गर्नु भएको हो ।

    राष्ट्रपतिलाई विवादमा ल्याउन आवश्यक छैन ।’ राष्ट्रपतिले सिंगो मुलुकको भावना बुझेर यो निर्णया लिएको उनको दाबी थियो ।

  • सम्बन्धित विषय:

  • # नेकपा एमाले
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology