Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

प्युठानबाट निर्वाचन लड्दै वामदेव

प्युठानबाट निर्वाचन लड्दै वामदेव

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३१, २०७९ मंगलवार • १३:४०:०९ बजे
  • 745
    SHARES
  • प्युठानबाट निर्वाचन लड्दै वामदेव

    नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट हसियाहथौँडाबाट चुनाव लड्न सहमत वामदेव गौतमले निर्वाचन क्षेत्र पनि परिवर्तन गर्ने भएका छन् । यसअघि ०७४ सालको निर्वाचनमा बर्दियाबाट चुनाव लडेका गौतमले प्युठानबाट निर्वाचन लड्ने भएका हुन् ।

    images

    स्रोतका अनुसार गौतमले चुनाव चिह्नसँगै निर्वाचन क्षेत्रबारे पनि माओवादी केन्द्रसँग छलफल गरेका हुन् । ०७० मा गौतमले प्युठान–१ र बर्दिया–१ बाट जितेका थिए । तर ०७४ मा उनी बर्दिया-१ बाटै पराजित भएका थिए ।

    गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाको मत हेर्दा प्युठानमा नेकपा एमालेको मत ३९ हजार ८७७ छ । यसैगरी नेपाली कांग्रेसको २१ हजार ५६४, माओवादी केन्द्रको १७ हजार १६३, जनमोर्चाको १३ हजार ६१२ र एकीकृत समाजवादीको १ हजार ४१७ मत छ ।

    प्रतिनिधि सभामा प्युठानमा एउटा मात्र निर्वाचन क्षेत्र छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology