Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

पीडित किसानलाई ‘न्याय दिलाउन पार्टीको तर्फबाट पहल गर्छु’:प्रचण्ड

पीडित किसानलाई ‘न्याय दिलाउन पार्टीको तर्फबाट पहल गर्छु’:प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३१, २०७९ मंगलवार • १३:४२:४० बजे
  • 508
    SHARES
  • पीडित किसानलाई ‘न्याय दिलाउन पार्टीको तर्फबाट पहल गर्छु’:प्रचण्ड

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नवलपरासीको पाल्हीनन्दन गाउँपालिका ६ स्थित सनहीका ६५ घरपरिवार किसानले भेटेका छन् ।

    images

    भूमाफियाले कर्मचारीको मिलोमतोमा ६५ परिवारको ३४ बिगाहा जग्गा हडपेपछि पीडितहरुले मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रचण्डलाई भेटेर आफ्नो गुनासो राखेका हुन् ।

    ‘भूमाफिया र कर्मचारीको मिलोमतोमा तपाईहरुले जोत भोग गर्दै आएको जग्गा हडपे छन् । तपाईहरुले मुद्धा समेत हाल्नु भएको रहेछ ।

    मुद्धा जित्नुहुन्छ भन्ने विश्वास लिएको छु’ प्रचण्डले भने,‘मैले र पार्टीको तर्फबाट तपाईंहरु​को न्यायको लागि लड्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’ भूमाफिया र कर्मचारीको मिलोमतोमा ३४ बिगाहा जग्गा हडपेपछि न्यायका लागि पीडित परिवार काठमाडौं आई धर्ना दिईरहेका छन् ।

    पीडित किसानले विशेष अदालतमा मुद्धा दायर गरिसकेकाले फैसलाको पर्खाइमा बसेका छन् । पीडितले न्याय नपाएसम्म आफूहरु घर नफर्किने अडानमा छन् ।

  • सम्बन्धित विषय:

  • # पीडित किसान
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology