Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

प्रचण्ड र बाबुरामद्वारा संयुक्त दल दर्ता

प्रचण्ड र बाबुरामद्वारा संयुक्त दल दर्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३१, २०७९ मंगलवार • १९:५७:०० बजे
  • 493
    SHARES
  • प्रचण्ड र बाबुरामद्वारा संयुक्त दल दर्ता

    नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले संयुक्त दल दर्ता गरेका छन् ।

    images

    आगामी मंसिर चार गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन प्रयोजनको लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई संयुक्त दल दर्ता गरेका हुन् ।

    दुवै पार्टीबीच आगामी निर्वाचनमा एकै चिन्हबाट चुनाव लड्ने सहमति भएको थियो । मंगलवार बिहान माओवादी केन्द्रको केन्द्रीय पार्टी कार्यालय पेरिस डाँडामा बसेको माओवादीको स्थायी कमिटी बैठकले डा. बाबुराम भट्टराईलाई पनि आफ्नै दलको चुनाव चिन्हमा चुनावमा प्रतिष्पर्धा गर्न दिने निर्णय गरेको थियो ।

    आयोगले दुई वा दुईभन्दा बढी दल एउटै चुनाव चिन्हबाट लड्न चाहेमा मंगलबार (आज)सम्म दल दर्ता गर्ने समय दिएको थियो । आयोगले साउन २२ देखि दल दर्ता सुरु गरेको थियो ।

    यस समयभित्र कतिपय दल दर्ता भइसकेका छन् भने बाँकी दल आजसम्म दर्ता हुनेछन् ।

     

    नेपाल समाजवादी सत्तारुढ गठबन्धनकै अंग


    नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफूहरु सत्तारुढ गठबन्धनको अंग भएको बताएका छन् ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफलपछि पेरिसडाँडामा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष बाबुरामले आफूहरु सत्तारुढ गठबन्धन बाहिर नरहेको बताएका हुन् ।


    उनले भने, ‘एउटा भ्रम के नपरोस् भने नेपाल समाजवादी पार्टी गठबन्धनकै अंग हो, भित्र बाहिर भन्ने बहस छ त्यो सत्य होइन, हामी भित्रै छौँ ।’ उनले गठबन्धनले बनाउने तालेमलको मापदण्ड अनुसार अघि बढ्ने बताए ।

     

    उनले तत्काल निर्वाचन प्रयोजनका लागि मात्रै एउटै चिन्हबाट प्रतिस्पर्धा गर्ने सहमति गरिएको बताए । उनले भने, ‘माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा एउटै निर्वाचन चिन्ह, नेकपा माओवादी केन्द्रको गोलाकारभित्रको हँसियाहथौडा लिएर संयुक्त रुपमा लड्ने सहमति भएको छु, यो तत्कालका निम्ति त एउटा चुनावी प्रयोजनका निम्ति मात्रै हो ।’

    उनले सिटको विषय छलफल पछि टुंगो लगाइने बताए । उनले भने, ‘मुख्य कुरा राजनीतिक समझदारी र विश्वास हो । त्यो भइसकेपछि अरु कुराहरु गौण हुन्छन् र हामी मिलाएर जान सक्छौं भन्ने हामीलाई विश्वास छ ।’

  • सम्बन्धित विषय:

  • # प्रचण्ड र बाबुराम
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology