Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भारतबाट पेट्रोलियम पदार्थको मूल्य फेरि घटेर आयो

भारतबाट पेट्रोलियम पदार्थको मूल्य फेरि घटेर आयो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३१, २०७९ मंगलवार • १९:५९:३१ बजे
  • 712
    SHARES
  • भारतबाट पेट्रोलियम पदार्थको मूल्य फेरि घटेर आयो

    भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ ।

    images

    आईओसीले पेट्रोलको प्रतिलिटर मूल्यमा १ रुपैयाँ ८० पैसा घटाएर पठाएको निगमले जानकारी दिएको छ । यस्तै, डिजेलको मूल्य ४ रुपैयाँ ८० पैसाले घटेको छ भने हवाई इन्धनको मूल्य लिटरमा ५ रुपैयाँ घटेर आएको छ ।

    यसको जानकारी दिनका लागि निगमले ५ बजे पत्रकार सम्मेलन गर्ने निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

    पछिल्लो समय आईओसीले पेट्रोलियम पदार्थको मूल्य दुईपटक घटाएर पठाएको छ । तर, निगमले भने नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छैन ।

    अहिले बजारमा पेट्रोलको प्रतिलिटर मूल्य १८१ र डिजेलको १७२ रुपैयाँ छ । भारतबाट सस्तिएर आउँदा पनि घाटा रहेकाले मूल्य समयोजन नभएको बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # मूल्य फेरि घटेर आयो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology