Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

माधब नेपाल नेतृत्वको एकीकृत,बाबुराम भट्टराईको समाजवादी एकतापछि हुने पार्टीको नाम नेकपा सहमति भएको छ : अध्यक्ष दाहाल

माधब नेपाल नेतृत्वको एकीकृत,बाबुराम भट्टराईको समाजवादी एकतापछि हुने पार्टीको नाम नेकपा सहमति भएको छ : अध्यक्ष दाहाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३१, २०७९ मंगलवार • २०:०२:०९ बजे
  • 670
    SHARES
  • माधब नेपाल नेतृत्वको एकीकृत,बाबुराम भट्टराईको समाजवादी एकतापछि हुने पार्टीको नाम नेकपा सहमति भएको छ : अध्यक्ष दाहाल

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले माधब नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)सँग पनि पार्टी एकता संयोजन समिति बनाउने तयारी भइरहेको बताएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग चुनावी तालमेलका लागि समझदारी गरेलगत्तै उनले सञ्चारकर्मीमाझ यस्तो प्रतिक्रिया दिएका हुन् ।

    images

    चुनावपछि पार्टी एकतानै हुने गरी सो समिति छिट्टै बनाउने सहमती माधव नेपालसँग भएको अध्यक्ष दाहालको भनाइ थियो । उनले पार्टी एकतापछि हुने पार्टीको नाम नेकपा हुनेमा आफूहरुबीच सहमति भएको र त्यसमा समाजवादी वा यस्तै केही थपिने पनि बताए । अध्यक्ष दाहालले बाबुराम भट्टराईसँग पनि चुनाव पछाडि एउटै केन्द्र बनाएर जाने विषयमा सहमति गरिएको बताए ।

    बामपन्थी आन्दोलन र कम्युनिष्ट आन्दोलनमा आफू र बाबुराम भट्टराई एकै ठाउ उभिने कुराको ठूलो अर्थ र महत्व रहेको भन्दै उनले आफूहरुबीचको सो सहमतिलाई कसैले रोकेर रोक्न नसक्ने दाबी गरे । अध्यक्ष दाहालले भने, ‘अहिले बामपन्थी आन्दोलनमा र कम्युनिष्ट आन्दोलनमा पनि बाबुरामजी र प्रचण्डसँगै उभिने कुराको ठूलो अर्थ र महत्व छ ।

    हामी उभियौं अव । अव कसैले रोकेर रोकिदैन । त्यो ठूलो कुरा हो भनेर म भन्न चाहन्छु । यद्यपि आजै पार्टी एकता भएको होइन । चुनाव पछाडि हामी एउटै केन्द्र बनाउने भन्ने कुरा समझदारीमा गएका छौं ।

    अहिले चुनाव चिन्ह, घोषणा पत्र, उम्मेदवार सबै साझा हुने भएपछि हामी एक ठाउँमा उभियौं ।’ उनले थपे, ‘यसको नेपालको राजनीतिमा, नेपालको यो परिवर्तनलाई संस्थागत गर्ने र विकास गर्ने कुरामा, देशलाई समृद्धिको दिशातिर लैजाने कुरामा पनि निकै ठूलो महत्व छ भन्न चाहन्छु म । र, अर्काे कुरा यतिमात्रै हाम्रो लक्ष्य होइन ।

    हामी अरुपनि बामपन्थीहरुसँग जस्तो माधव नेपालजीहरुसित हामी पार्टी एकता संयोजन समिति बनाउने तयारीमा छौं । नाम नेपाल कम्युनिष्ट पार्टी नै रहन्छ । चुनाव अघि त केही पनि हुँदैन ।

    चुनावपछि नाममा चाँही नेकपा समाजवादी वा यस्तै केही हुन सक्छ । नेकपा राख्ने भन्नेमा भने सहमति भइसक्यो ।’ अध्यक्ष दाहालले बाबुराम भट्टराईपनि सत्तारुढ गठबन्धनमै रहेकाले त्यसमा आबद्ध दलहरुसँगको सहमतिमै उनीहरुको पनि सिट संख्या निर्धारण हुने विश्वास समेत व्यक्त गरे ।

  • सम्बन्धित विषय:

  • # अध्यक्ष दाहाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology