Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

टोलटोलमा प्रचण्डको शालीक बनाएर पूजा गर्ने दिन आउँछ : वर्षमान पुन

टोलटोलमा प्रचण्डको शालीक बनाएर पूजा गर्ने दिन आउँछ : वर्षमान पुन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३१, २०७९ मंगलवार • २१:५६:१९ बजे
  • 1.2K
    SHARES
  • टोलटोलमा प्रचण्डको शालीक बनाएर पूजा गर्ने दिन आउँछ : वर्षमान पुन

    नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको टोलटोलमा शालीक बनाएर पूजा गर्ने समय आउने बताएका छन् ।

    images

    १९औं दोरम्बा हत्याकाण्ड स्मृति दिवसमा रामेछापको दोरम्बास्थित डााडाकटेरीमा आयोजित कार्यक्रममा पुनले राजनीतिक परिवर्तन र सामाजिक जागरणका नायकका रुपमा प्रचण्डको शालीकमा पूजा गर्ने दिन आउने बताएका हुन् ।

    प्रचण्ड नेतृत्वमा भएको माओवादी जनयुद्धले दलित, महिला, मधेसी र जनजाति समुदायमाथि वर्षौंदेखिको थिचोमिचो र अत्याचार अन्त्य भएको पुनले बताए ।

    गणतन्त्र नेपालका पहिलो राष्टपति डा. रामवरण यादव र वर्तमान राष्टपति विद्यादेवी भण्डारीले प्रचण्डसँगको भेटमा पटकपटक आफूहरु राष्टपति हुनुमा माओवादीको योगदान रहेको भन्दै धन्यवाद दिने गरेको उनले उल्लेख गरे ।

    पूर्वराष्टपति यादवले तराईमा भैंसी चराउने मानिसलाई माओवादी जनयुद्धले उच्च पदमा पु¥याएको बताउने गरेको उनले सुनाए ।

    ०५१ सालको संसदमा ७ जना र ०५६ को संसदमा १२ जना मात्र महिला सांसद रहेको चर्चा गर्दै उनले समावेशी समानुपातिक प्रतिनिधित्वको माओवादी एजेण्डाका कारण हाल संसदमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको बताए ।

    माओवादी जनयुद्धका नाममा पद लिने तर माओवादीकै उछितो काढ्ने काम भइरहेको भन्दै उनले आपत्ति जनाए । पुनले माओवादी आन्दोलनका उपलब्धी स्वरुप विभिन्न पदमा पुगेका मानिसहरुले नै माओवादीले आतंक मच्चाएको आरोप लगाउन नसुहाउने बताए ।

  • सम्बन्धित विषय:

  • # वर्षमान पुन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology