Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

चोलेन्द्रविरुद्धको महाभियोग सिफारिस समितिको बैठक बस्दै

चोलेन्द्रविरुद्धको महाभियोग सिफारिस समितिको बैठक बस्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १, २०७९ बुधवार • १०:२५:०५ बजे
  • 622
    SHARES
  • चोलेन्द्रविरुद्धको महाभियोग सिफारिस समितिको बैठक बस्दै

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्तावमथि कारर्बाही सुरु भएको छ । जबराविरुद्धको महाभियोग प्रस्तावमा छानबिन गर्ने जिम्मेवारी पाएको समितिको पहिलो बैठक आज बस्ने भएको छ ।

    images

    बैठक बिहान साढे ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको सभाहलमा बैठक बस्ने सिफारिस समितिका सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिए ।

    पहिलो बैठकमा सभापति चयन, कार्यविधिलगायतका विषयमा छलफल हुनेछ । २२ फागुनमा गठन भएको समितिमा रामबहादुर विष्ट, मीनबहादुर विश्वकर्मा, एकवालमिया, कल्याणी कुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, यशोदा गुरुङ सुवेदी, रेखाशर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र डा. शिवमाया तुम्बाहाम्फे सदस्य छन् ।

    प्रतिनिधिसभाले २२ साउनमा छानबिनका लागि महाभियोग प्रस्ताव समितिमा पठाए पनि सदस्यहरूको व्यस्तताले नौ दिनसम्म बैठक बस्न सकेको थिएन ।

    जबराविरुद्ध विभिन्न २१ आरोप लगाएर सत्तारुढ दलहरू कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरूले फागुन १ गते प्रतिनिधिसभामा महाभियोग दर्ता गराएका थिए । महाभियोग दर्ता भएपछि जबरा स्वतः निलम्बनमा परेका थिए । महाभियोग दर्ता भएको ६ महिनापछि कारवाही प्रक्रिया सुरु भएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology