Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कनिष्का सोनीले आफैंसँग गरिन् विवाह

कनिष्का सोनीले आफैंसँग गरिन् विवाह

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १, २०७९ बुधवार • १३:२६:४१ बजे
  • 1.1K
    SHARES
  • कनिष्का सोनीले आफैंसँग गरिन् विवाह

    भारतकी एक टिभी अभिनेत्रीले आफैँसँग विवाह गरेकी छन् ।

    images

    ‘दीया र बाती हम’की चर्चित अभिनेत्री कनिष्का सोनीले आफैँसँग विवाह गरेकी हुन् । कनिष्का सोनीले हालै सामाजिक सञ्जालमा आफ्नो फोटो सेयर गरेकी छन्, जसमा उनले सिउँदोमा सिन्दुर र घाँटीमा मंगलसूत्र लगाइरहेको देख्न सकिन्छ ।

    उनले फोटो सेयर गर्दै क्याप्सनमा ‘आफूले आफैँसँग विवाह गरेको’ जानकारी दिएकी छन् । उनले लेखेकी छन्, ‘मैले आफैँसँग विवाह गरेकी छु । मैले आफ्नो सारा सपना आफैँले पूरा गरेकी हुँ र जो व्यक्तिसँग म प्रेममा छु, त्यो म नै हुँ ।

    मलाई कोही पुरुष चाहिँदैन ।’ उनले आफ्नो गितारसँग सधैँ एक्लै र एकान्तमा खुसी हुने बताएकी छन् । उनले भनेकी छन्, ‘म देवी हुँ, म बलियो र शक्तिशाली छु । शिव र शक्ति सबै मभित्र नै छ ।

    धन्यवाद ।’ कनिष्का सोनी ‘दीया औस बाती हम’, ‘पवित्र रिश्ता’ र ‘देवी आदि पराशक्ति’ जस्ता थुप्रै हिट टिभी शोजका हिस्सा हुन् । पछिल्लो उनको निर्णयले अहिले चर्चा पाइरहेकी छन् ।

  • सम्बन्धित विषय:

  • # कनिष्का सोनी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology