Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

यो सरकार आएपछि विद्युत् निर्यात गर्न सफल भयौं : कुलमान घिसिङ

यो सरकार आएपछि विद्युत् निर्यात गर्न सफल भयौं : कुलमान घिसिङ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १, २०७९ बुधवार • १९:१९:५२ बजे
  • 1.1K
    SHARES
  • यो सरकार आएपछि विद्युत् निर्यात गर्न सफल भयौं : कुलमान घिसिङ

    पाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको नाफाको ग्राफ अझै बढ्ने बताएका छन् ।

    images

    प्राधिकरणको आर्थिक सुधार गर्न सरकार समेत लागेको भन्दै वर्तमान सरकार आएसँगै प्राधिकरण विद्युत् निर्यात गर्न सफल भएको उनले बताए । बुधबार काठमाडौंमा भएको प्राधिकरणको ३७ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै घिसिङले यस्तो बताएका हुन् । उनले प्राधिकरणलाई अझ उत्कृष्ट बनाउने गरी काम गर्ने प्रतिवद्धता जनाए ।

    कार्यकारी निर्देशक घिसिङले प्राधिकरणले विद्युत निर्यातको विषयमा चिन्ता लिन आवश्यक रहेको पनि बताए । कार्यकारी निर्देशक घिसिङले भनेका छन्, ‘विद्युत प्राधिकरण चिन्ता मात्रै व्यक्त गरेर बसेको भए नेपाल अझै लाडसेडिङमा र विद्युत प्राधिकरण घाटामा नै भइरहने थियो । चिन्तासँगै त्यसको समाधान र व्यवस्थापन पनि छ ।

    जति हामीले जोखिम मोल्छौं त्यति प्राधिरकणलाई फाइदा हुन्छ । अहिले प्राधिकरण निजी क्षेत्रबाट विद्युत उत्पादन कम्पनी अगाडि आउनुपर्छ भनेर अगाडि बढेको छ । त्यसको कारण प्राधिकरणको ग्राम माथि उकालो लाग्दैछ । उकालो लागिरहन्छ ।

    तपाइँहरूलाई प्रतिवद्धताका साथ भन्छु आगामी दिनमा प्राधिकरणको ग्राफ अझै उकालो लाग्छ । यो विषयमा हामी बढी चिन्तित हुनुपर्ने आवश्यकता छैन । सरकार लागेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र उर्जामन्त्री पम्फा भुसालको आगमनसँगै प्राधिकरणले विद्युत् व्यापार गर्न सफल भएको छ ।

    सानो झिल्कोले पनि ठूलो काम गर्छ । यो सुरुआत हो । शुरुआतमा केही शुभ संकेत देखाएका छौं । आगामी दिन धेरै राम्रो बन्दै जानेछ ।' घिसिङले विद्युत प्राधिकरणका कर्मचारीको तलब खानसमेत ऋण लिनुपर्ने अवस्थाको अन्त्य भएको पनि बताएका थिए । यस क्रममा घिसिङले पछिल्लो पाँच वर्षभित्र करिब तीनगुणा विद्युत खपत बढाएको पनि बताए ।

    प्राधिकरणले धेरै पूर्वाधार विकास र सवस्टेसन र ट्रान्समिसन लाइनहरु बनाएकाले पनि खपत बढेको उनको भनाइ थियो । ‘भारत सरकारबाट हाल ३६५ मेगावाट विद्युत निर्यात गर्न अनुमति भएकाले प्राधिकरणले प्रतिस्पर्धा मार्फत् दैनिक करिब ४०० सय मेगावट विद्युत व्यापार गर्न सफल भएकोमा हामी उत्साहित भएका छौं ।

    विद्युत निर्यात वृद्धि हुँदा प्राधिकरणको आर्थिक अवस्थामा सुधार आउनुको साथै विदेशी मुद्रा सञ्चितीमा वृद्धि भई राष्ट्रिय अर्थतन्त्रमा समेत ठूलो टेवा पुग्नेछ । आगामी दिनमा छिमेकी देशहरुमा थप विद्युत निर्यात गर्नेछ । ३७ वर्षको इतिहासमा प्राधिकरण सबैभन्दा बढी १६ अर्ब १६ करोड ५० लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।'

  • सम्बन्धित विषय:

  • # कुलमान घिसिङ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology