Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एमाले अध्यक्ष ओली अचानक गृहजिल्ला झापा पुगे

एमाले अध्यक्ष ओली अचानक गृहजिल्ला झापा पुगे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २, २०७९ बिहिवार • १२:५२:५६ बजे
  • 1.0K
    SHARES
  • एमाले अध्यक्ष ओली अचानक गृहजिल्ला झापा पुगे

    नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज अचानक गृहजिल्ला झापा पुगेका छन् ।

    images

    प्रतिनिधिसभाको आज बसेको बैठकबाट राष्ट्रपतिबाट सन्देशसहित प्राप्त नागरिकता विधेयक पारित गर्ने तयारी भइरहेको बेला अध्यक्ष ओली झापा पुगेका हुन् ।

    बिहीबार बिहान बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलबीच सहमति नजुटेपछि आजै नागरिकता विधेयक पारित गर्ने तयारी छ ।

    नागरिकता विधेयक पारित गर्ने कार्यसूची सार्वजनिक भएलगत्तै अध्यक्ष ओली गृहजिल्ला झापा पुगेका छन् । त्यससँगै राष्ट्रपति विद्यादेवी भण्डारीले सामान्य संशोधन गर्न फिर्ता पठाएको नागरिकता विधेयक आजको संसद बैठकमा निर्णयार्थ पेस भएको र त्यस उपर विभिन्न सासंदहरुले आफ्नो भनाइ राखिरहेका छन् ।

    अध्यक्ष ओली पार्टी कार्यक्रममा सहभागी हुन झापा पुगेका हुन् । केही दिनअघि पनि ओली तीन दिनसम्म झापा बसेर फर्केका थिए । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि ओली गृहजिल्ला गएको नेताहरूले बताएका छन् ।

    सरकारले प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका लागि मंसिर ४ गते एकै चरणमा निर्वाचन गर्ने मिति तय गरेको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology