Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

वाईसिएललाई फौजको रूपमा प्रस्तुत हुन प्रचण्डको निर्देशन

वाईसिएललाई फौजको रूपमा प्रस्तुत हुन प्रचण्डको निर्देशन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ३, २०७९ शुक्रवार • १५:५६:३५ बजे
  • 808
    SHARES
  • वाईसिएललाई फौजको रूपमा प्रस्तुत हुन प्रचण्डको निर्देशन

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र पदका निम्ति प्रतिस्पर्धा हुने गरेको बताएका छन् । शुक्रबार काठमाडौंमा भ्रातृ संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल)को राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो गुनासो गरेका हुन् ।

    images

    सशस्त्र संघर्षका बेला अग्रमोर्चामा खटिन प्रतिस्पर्धा भएको भन्दै उनले भने, ‘मैले यो पद किन नपाउने भनेर पदका निम्ति, प्रतिष्ठाका निम्ति, सुविधाका निम्ति प्रतिस्पर्धा हुन्छ ।

    संघर्षका निम्ति प्रतिस्पर्धा कम हुने गरेको छ ।’ अध्यक्ष प्रचण्डले वाईसीएललाई फौजको रूपमा प्रस्तुत हुन समेत निर्देशन दिए ।

    देशको राजनीतिलाई सही दिशामा अगाडि बढाउन युवाको भूमिका अग्रणी हुने भन्दै उनले भने, ‘युवाहरु अगाडि बढ्न जरुरी छ ।

    अझ फौजकै रुपमा अगाडि बढ्नु होला ।’ उनले क्रान्ति नदोहोरिने भएकाले परिमार्जित र विकसित रूपमा संघर्ष गर्नुपर्ने बताए ।

    ‘अझैपनि शोषण र उत्पीडन अन्त्यका लागि काम गर्नुपर्ने अवस्था रहेको छ’ उनले भने, ‘त्यसका लागि युवाहरु अगाडि बढ्नुपर्छ ।’

  • सम्बन्धित विषय:

  • # प्रचण्डको निर्देशन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology