Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

प्रदीप गिरीको स्वास्थ्य अवस्था गम्भीर, प्रचण्डलगायत नेताहरु पुगे अस्पतालमै भेट्न

प्रदीप गिरीको स्वास्थ्य अवस्था गम्भीर, प्रचण्डलगायत नेताहरु पुगे अस्पतालमै भेट्न

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ४, २०७९ शनिवार • १०:४१:१७ बजे
  • 487
    SHARES
  • प्रदीप गिरीको स्वास्थ्य अवस्था गम्भीर, प्रचण्डलगायत नेताहरु पुगे अस्पतालमै भेट्न

    नेपाली काँग्रेसका बौद्धिक नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । घाँटीको क्यान्सर र निमोनियाले ग्रस्त भएपछि गिरीलाई ललितपुरस्थित मेडिसिटी अस्पालको भेन्टिलेटरमा राखिएको छ ।

    images

    नेता गिरीका स्वकीय सचिव कृष्ण खनालका अनुसार शुक्रबारदेखि उहाँको अवस्था झन् जटिल र गम्भीर बन्दै गएको छ । यससँगै विभिन्न उच्च तहका नेता तथा शुभेच्छुकहरुले भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेका छन् ।

    आज बिहान मात्रै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता गिरीलाई भेटेर स्वास्थ्य अवस्थाको जानरकारी लिएका छन् । प्रचण्डले गिरीको पछिल्लो अवस्थाको जानकारी दिँदै स्वास्थ्य लाभको कामना गरेका छन् ।

    यसअघि मंगलबार कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पनि अस्पतालमै पुगेर गिरीलाई भेटेका थिए । शुक्रबार कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, नेता विमलेन्द्र निधिलगायतले पनि उनलाई भेटेर स्वास्थ्यमा सुधारका लागि ईश्वरीय चमत्कारको प्रार्थना गरेको बताएका थिए ।

    यसबाट पनि अवस्था जटिल रहेको बुझिन्छ । गत साउनको दोस्रो साता मेडिसिटी अस्पतालमा भर्ना गरिएका पछिल्लो तीन दिनदेखि आईसीयूमा राखिएको थियो ।

    अवस्था झन जटिल बनेपछि शुक्रबारबाट उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology