Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ४, २०७९ शनिवार • १३:०३:३६ बजे
  • 847
    SHARES
  • घट्यो सुनको मूल्य

    यो साता नेपाली बजारमा पहेँलो धातु सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले घटेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा यो साता सुनको भाउ १८ सयले घटेको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ३ सय रुपैयाँ थियो ।

     साताको शुक्रबारसम्म आइपुग्दा ९५ हजार ५०० रुपैयाँ कायम भएको छ । यसैगरी, गत साताको शुक्रबार तेजाबी सुनको मूल्य ९६ हजार ८ सय रुपैयाँ थियो । यो साता ९५ हजार रुपैयाँ कायम भएको छ ।

    यसैगरी, यो साता चाँदीको मूल्यमा ४० रुपैयाँको गिरावट आएको छ । गत साताको शुक्रबार प्रतितोला १२ सय २५ रुपैयाँ रहेको चाँदीको मूल्य यो साताको शुक्रबारसम्म आइपुग्दा ११ सय ८५ रुपैयाँ कायम भएको छ ।

  • सम्बन्धित विषय:

  • # घट्यो सुनको मूल्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology