Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

जी २० सम्मेलनमा चीन र रुसका राष्ट्रपति सहभागी हुने

जी २० सम्मेलनमा चीन र रुसका राष्ट्रपति सहभागी हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ४, २०७९ शनिवार • १३:३६:४७ बजे
  • 412
    SHARES
  • जी २० सम्मेलनमा चीन र रुसका राष्ट्रपति सहभागी हुने

    किभ । इन्डोनेसियाको बालीमा हुने जी २० समूहको शिखर सम्मेलनमा चीनका राष्ट्रपति सी जिनपिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी हुने भएका छन् ।

    images

    नोभेम्बरमा हुने उक्त सम्मेलनमा दुवै देशका राष्ट्रपतिको सहभागीता रहने इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले जानकारी दिए । ‘सी जिनपिङ आउनेछन् ।

    राष्ट्रपति पुटिनले पनि मलाई उहाँ आउने बताउनुभएको छ’ जोकोवी भनेर चिनिने विडोडोले ब्लूमबर्ग न्यूजलाई एक अन्तर्वार्तामा भने । दुवै नेता शिखर सम्मेलनमा सहभागी हुने यो पहिलो पुष्टि हो ।

    रुसले युक्रेनमा आक्रमण गरेपछि र ताइवानमाथि बढेको तनावपछि यो पहिलो विश्व शिखर सम्मेलन हुनेछ । जनवरी २०२० पछि कोभिड महामारीको सुरुमा देशले आफ्नो सिमाना बन्द गरेपछि सीले चीन छोडेको यो पहिलो पटक हुनेछ ।

    त्यसबेलादेखि उनले यस वर्ष जुलाई १ मा हङकङको चीन फिर्ताको २५औँ वार्षिकोत्सव मनाउन चीन बाहिरको भ्रमण गरेका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology