Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

विप्लवका कार्यकर्ताले जनक शिक्षा सामग्री केन्द्र कर्णाली प्रदेशका प्रमुखलाई दले​ कालोमोसो

विप्लवका कार्यकर्ताले जनक शिक्षा सामग्री केन्द्र कर्णाली प्रदेशका प्रमुखलाई दले​ कालोमोसो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ५, २०७९ आइतवार • २०:०७:२५ बजे
  • 442
    SHARES
  • विप्लवका कार्यकर्ताले जनक शिक्षा सामग्री केन्द्र कर्णाली प्रदेशका प्रमुखलाई दले​ कालोमोसो

    जनक शिक्षा सामग्री केन्द्र कर्णाली प्रदेशका प्रमुख धनबहादुर केसीलाई कालोमोसो दलिएको छ ।

    images

    शैक्षिक सत्र सुरु भएको लामो समयसम्म पनि कर्णालीमा पाठ्यपुस्तक नपु¥याएको भन्दै नेत्र विक्रम चन्द ‘विप्लव’ निकट नेकपाको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले केसीलाई कालोमोसो दलेको हो ।

    विद्यार्थी संगठनका केन्द्रीय सदस्य समेत रहेका सुर्खेत जिल्ला इञ्चार्ज तुलाराम तिरुवाले एक विज्ञप्ति जारी गर्दै केसीलाई जनकारवाही गरिएको बताए ।

    उनले मनोमानी तरिकाले पुस्तक वितरण गरी पुस्तक व्यवसायीसँग करोडौं कमिसन खाएको, हुम्ला, जुम्ला, डोल्पा लगायतका दुर्गम जिल्लाको विल बनाई किताब सुर्खेतमा वितरण गरेको र लाखौं रकम ढुवानीबाट कमिसन खाएको आरोप लगाएका छन् ।

    साथै उनले सरकारी कार्यालयलाई निजी पैत्रिक सम्पतिको रुपमा प्रयोग गर्ने र कार्यलयमा विवाह, व्रतबन्ध जस्ता कार्यक्रम गरेको आरोप लगाए । यता जिल्ला प्रहरी कार्यालयका अनुसार केसीलाई उनको कार्यकक्षमै कालोमोसो दलिएको हो ।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी सुरज कार्कीले कालोमासो दल्ने व्यक्तिहरुको खोजी भइरहेको जानकारी दिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology