Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

वाइसिएल अध्यक्षसहित सबै पदाधिकारी तत्काल टुंगो लगाउन दबाब

वाइसिएल अध्यक्षसहित सबै पदाधिकारी तत्काल टुंगो लगाउन दबाब

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ५, २०७९ आइतवार • २०:०९:२४ बजे
  • 574
    SHARES
  • वाइसिएल अध्यक्षसहित सबै पदाधिकारी तत्काल टुंगो लगाउन दबाब

    नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग (वाइसिएल) को अध्यक्षसहित सबै पदाधिकारी आजै टुंगो लगाउन वाइसिएलकै नेताहरुले हलबाटै दबाब दिएका छन् ।

    images

    पार्टी पदाधिकारीसहित सबै कमिटी टुंगो लागिसकेकाले वाइसिएल नेताहरुले समेत सबै पदाधिकारी टुंगो लगाएर जानुपर्ने मत राखेका हुन् ।

    अध्यक्ष प्रचण्डसहित पार्टीका शीर्ष नेताहरुले समेत सर्वसम्मत रुपमा पदाधिकारी टुंगो लगाएर जान निर्देशन दिइसकेका छन् । वाइसिएलले भदौ ३ र ४ गतेभित्र दोस्रो राष्ट्रिय सम्मेलन सक्ने अपेक्षा गरेपनि दुई दिन ढिला भइसकेको छ ।

    आइतबार वाइसिएलका अध्यक्षसहित सबै पदाधिकारी टुंगो लगाएर राष्ट्रिय भेला सम्पन्न गरिने अध्यक्षका दाबेदार सुवोध श्रीपालीले बताए । ‘हामी केन्द्रीय कमिटी र पदाधिकारी सबै सर्वसम्मत रुपमा टुंगो लगाउने गरी हरेक प्रदेशका नेताहरुसँग छलफल गरिरहेका छौं’ रातोपाटीसँग कुरा गर्दै श्रीपाली भने, ‘आज रातिसम्म वाइसिएलको पदाधिकारीसहित सबै कमिटी टुंगो लगाएर फर्किन्छौ ।’

    वाइसिएलको केन्द्रीय कमिटी २९९ जना बनाउने निर्णय भइसकेको छ । पदाधिकारी ३५ जनाको मात्रै बनाउनेगरी छलफल जारी भएकाले कति बनाउने भन्ने टुंगो लागिनसकेको श्रीपालीले बताए ।

    भावी अध्यक्षमा श्रीपालीलाई नै सर्वसम्मत बनाउने तयारी गरिएको छ । महासचिवमा तीन जनाले दाबी गरेकाले सर्वसम्मत बनाउन कठिन भइरहेको एक नेताले बताए ।

    महासचिवमा गणेश शाही, ज्ञानबहादुर गुरुङ‘ कसम’ र मिङमाडण्डु शेर्पा छन् । तीन जनामा सर्वसम्मत भएमा पदाधिकारी समेत टुंगो लाग्ने बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # वाइसिएल अध्यक्ष
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology