Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

माओवादी केन्द्र र एकीकृत समाजवादी एउटै चिन्हबाट निर्वाचन लड्ने आधारभूत सहमति

माओवादी केन्द्र र एकीकृत समाजवादी एउटै चिन्हबाट निर्वाचन लड्ने आधारभूत सहमति

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ६, २०७९ सोमवार • १४:४१:४८ बजे
  • 685
    SHARES
  • माओवादी केन्द्र र एकीकृत समाजवादी एउटै चिन्हबाट निर्वाचन लड्ने आधारभूत सहमति

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच पार्टी एकता संयोजन समिति गठन गर्ने र एउटै चिह्नबाट चुनाव लड्न विषयमा छलफल भएकोे छ ।

    images

    सोमबार हात्तिवनमा भएको भेटमा प्रचण्ड र माधवबीच निर्वाचन अगाडी नै पार्टी एकताका लागि संयोजन समिति गठन गर्ने सहमति भएको छ । एकीकृत समाजवादीले यस यसअघि नै पार्टी एकताका लागि संयोजन समिति गठन गर्ने निर्णय गरेको थियो ।

    माओवादीले सिंयोजन समिति गठन गर्ने सवालमा निर्णय नगरेपनि समिति गठनका लागि तयार रहेको बताउँदै आएको थियो ।

    यसैगरी प्रचण्ड र माधवबीच आगामी निर्वाचनमा एउटै चिह्नबाट प्रतिस्पर्धा गर्ने विषयमा आधारभूत सहमति भएको छ ।

    दुवै पार्टीले यस विषयमा आधिकारिक निर्णय गरिनसकेको भएपनि दुई अध्यक्षबीच एउटै चिह्नबाट प्रतिस्पर्धा गर्ने विषयमा आधारभुत सहमति भएको हो । दुई अध्यक्षबीच यस विषयमा पार्टीमा छलफल गर्ने र थप निर्णय गर्ने सहमति भएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology