Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

काठमाडौं उपत्यकाबाट १८ बन्दकर्ता पक्राउ

काठमाडौं उपत्यकाबाट १८ बन्दकर्ता पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ७, २०७९ मंगलवार • ०९:५२:३४ बजे
  • 439
    SHARES
  • काठमाडौं उपत्यकाबाट १८ बन्दकर्ता पक्राउ

    काठमाडौं उपत्यकामा नेपाल बन्द गराउन सडकमा निस्केका १८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    images

    आज (मंगलबार) नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले बन्द आह्वान गरेको छ । मंगलबार बिहान शंकास्पद रुपमा निस्केका १८ जनालाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सन्तोष सिंह राठौरले जानकारी दिएका छन् ।

    काठमाडौंको लगनटोल, माछापोखरी र बसपार्कबाट १७ जनालाई पक्राउ गरिएको छ । एक जना ललितपुरबाट पक्राउ परेका हुन् । काठमाडौंबाट पक्राउ परेकाहरुलाई भृकुटीमण्डप स्थित नगर प्रहरीको कार्यालयमा राखिएको छ ।

    बन्द आह्वान गरिएको समयमा पनि काठमाडौं उपत्यकामा सामान्य रुपमा गाडी चलिरहेका छन् । सम्भावित दुर्घटना हुन नदिन सडकमा बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # १८ बन्दकर्ता पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology