Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

अमेरीकि राष्ट्रपति ट्रम्पको नाम नोबेल शान्ति पुरस्कारका लागि सिफारिस

अमेरीकि राष्ट्रपति ट्रम्पको नाम नोबेल शान्ति पुरस्कारका लागि सिफारिस

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २५, २०७७ बिहिवार • १८:००:१८ बजे
  • 1.4K
    SHARES
  • अमेरीकि राष्ट्रपति ट्रम्पको नाम नोबेल शान्ति पुरस्कारका लागि सिफारिस

    एजेन्सी / अमेरीकि राष्ट्रपति डोनाल्ड ट्रम्पलाइ नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गरिएको छ । नर्वेका एक दक्षिणपन्थी नेता क्रिस्चियन टायब्रिंग येद्देले ट्रम्पको नाम नोबल शान्ति पुरस्कार २०२१ का लागि पठाएका हुन् ।
    येद्देका अनुसार इजरालय र यूएईबीच भएको शान्ति सम्झौताका लागि खेलेको भूमिकाका लागि राष्ट्रपति ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिनुपर्ने छ ।

    images

     

    येद्देले अमेरिकी न्यूज च्यानल फक्स न्यूजसँगको अन्तरवार्तामा भने, ‘मलाई लाग्छ दुई देशबीच शान्ति कायम गर्ने दिशामा ट्रम्पले शान्ति पुरस्कारका लागि सिफारिस गरिएका अन्य मानिसहरुभन्दा बढी काम गरेका छन् ।’ उनले भने, ‘मानिसको व्यवहारभन्दा उसले गरेको कामको आधारमा कमिटीले निर्णय लिनुपर्छ ।’

    कुनै पनि राज्य, देशका प्रमुख, राष्ट्रिय स्तरका राजनेता पुरस्कारका लागि नाम सिफारिस गर्न सक्छन् ।
    विश्वविद्यालयका प्राध्यापक, विदेश नीति संस्थानका निर्देशक, नोबेल पुरस्कार जित्ने र नर्वे नोबेल समितिका सदस्यले पनि पुरस्कारका लागि नाम सिफारिस गर्न सक्छन् ।

    नामाङ्कनका लागि कुनै आमन्त्रणको आवश्यकता पर्दैन । जुन वर्षका लागि पुरस्कार दिइने हो, त्यो वर्षको १ फेब्रुअरी अघि नामांकन पठाइसक्नुपर्छ ।

    सन् २०२० को नोबेल पुरस्कारका लागि ३१८ जनाको नाम सिफारिस गरिएको छ । तर, हालसम्म विजेता घोषणा गरिएको छैन । नर्वेको नोबेल कमिटीले सिफारिस गरिएका व्यक्तिहरुमा टिप्पणी गर्दैन । ५० वर्षदेखि यस्ता व्यक्तिहरुको नाम गोप्य राखिन्छ ।

    नोबेल शान्ति पुरस्कारका लागि ट्रम्पको नाम सिफारिस भएको यो पहिलो अवसर भने होइन । सन् २०१८ मा पनि दक्षिण कोरिया र उत्तर कोरियाको सम्बन्ध सुधारमा खेलेको भूमिकाका लागि उनको नाम सिफारिस गरिएको थियो । तर, उनले त्यतिबेला पुरस्कार जित्न सकेनन् ।

    यदी यसपटक उनले योपटक पुरस्कार जितेभने सन् १९०६ मा थियोडोर रुजवेल्ट, सन् १९२० मा वुड्रो विल्सन, सन् २००२ मा जिमी कार्टर र सन् २००९ मा बाराक ओबामापछि नोबेल पुरस्कार जित्ने पाँचौँ अमेरिकी राष्ट्रपति बन्नेछन् ।

    राष्ट्रपति बनेको केही समयपछि नै ओबामालाई पुरस्कारका लागि सिफारिस गरिएको थियो । त्यतिबेला अमेरिकामा नै यसको ठूलो आलोचना भएको थियो । उनले पुरस्कार पाउने कुनै काम नगरेको उनीहरुको तर्क थियो । सन् २०१३ मा ट्रम्पले त ओबामाको पुरस्कार नै रद्द गर्न माग गरेका थिए ।

    मार्टिन लुथर किंग जुनियर, नेल्सन मन्डेला र मदेर टेरेसाजस्ता हस्तीले नोबेल शान्ति पुरस्कार जितेका छन् भने धेरै पटक यो पुरस्कार विवादमा पनि आएको छ । सन् १९३९ मा स्वीडेनको संसदे एडल्फ हिटलरको नाम शान्ति पुरस्कारका लागि सिफारिस गरेको थियो ।
    कथितरुपमा व्यङ्ग्यस्वरुप हिट्लरको नाम सिफारिस गरेको बताउँदै पछि नाम फिर्ता लिइएको थियो । त्यसपछि सन् १९४५ मा सोभियत नेता जोसेफ स्टालिनको नाम र सन् १९४८ पुनः उनलाई सिफारिस गरिएको थियो ।

     

     

     
     

  • सम्बन्धित विषय:

  • # अमेरिका
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology