Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

बन्दकर्ताले गरे थापागाउँ र कोटेश्वरमा यात्रुबस तोडफोड

बन्दकर्ताले गरे थापागाउँ र कोटेश्वरमा यात्रुबस तोडफोड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ७, २०७९ मंगलवार • १०:४३:२२ बजे
  • 526
    SHARES
  • बन्दकर्ताले गरे थापागाउँ र कोटेश्वरमा यात्रुबस तोडफोड

    आज बिहानै काठमाडौँका दुई ठाउँमा यात्रुबस तोडफोड गरिएको छ । थापागाउँमा र कोटेश्वरमा बसमाथि तोडफोड भएको हो ।

    images

    बिहान करिब ७ बजे थापागाँउको पाठशाला स्कुलनजिक नेपाल यातायातको बा ४ ख ९०१९ नम्बरको बसमा तोडफोड भएको छ । यसैगरी बिहान साढे ६ बजे कोटेश्वरमा महानगर यातायातको बा ४ च ९३९४ नम्बरको बसमा तोडफोड गरिएको थियो ।

    सो बसमा बन्दकर्ता ५ जनाको समूहमा आएका बन्दकर्ताले तोडफोड गरेका हुन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित चार दलले आज नेपाल बन्दको घोषणा गरेका छन् ।

    सोही क्रममा बन्दको अवज्ञा गरेको भन्दै बसमाथि तोडफोड भएको हो । तर तोडफोडमा संलग्नहरु भागेकाले पहिचान हुन सकेको छैन ।

    विप्लव समूहका नेताहरुलाई विगतमा भएको तीन बुँदे राजनीतिक सहमतिविपरीत सरकारले पक्राउ पुर्जी जारी गरेको र भ्रष्टाचार तथा महँगी बढिरहेको भन्दै त्यसविरुद्ध बन्द आह्वान गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # यात्रुबस तोडफोड
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology