Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

गाडी तोडफोड गर्ने बन्दकर्तालाई चालक र सहचालकले कुटपिट गरी प्रहरीको जिम्मा लगाए

गाडी तोडफोड गर्ने बन्दकर्तालाई चालक र सहचालकले कुटपिट गरी प्रहरीको जिम्मा लगाए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ७, २०७९ मंगलवार • १३:००:५३ बजे
  • 712
    SHARES
  • गाडी तोडफोड गर्ने बन्दकर्तालाई चालक र सहचालकले कुटपिट गरी प्रहरीको जिम्मा लगाए

    बन्द गराउँदै हिँडेको आरोपमा काभ्रेको बनेपामा एक जनालाई स्थानीयले कुटपिट गरी प्रहरीको जिम्मा लगाएका छन् ।

    images

    मंगलबार बिहान बनेपाको चारदोबाटोमा गाडीमाथि ढुंगा प्रहार गरेपछि चालक र सह-चालकले ती व्यक्तिलाई कुटपिट गरी प्रहरीको जिम्मा लगाएका छन्।

    पक्राउ पर्नेमा नरहरीनाथ नगरपालिका, कालिकोटका २४ वर्षिय पल राउत छन्। बन्द गराउँदै हिँडेका राउतले बसमा ढुंगा प्रहार गरेपछि आक्रोशित चालक र सहचालकसँगै त्यही जम्मा भएको स्थानीयले घेरेका थिए।

    स्थानीयले बन्दकर्तालाई कुटपिट गरेपछि प्रहरी घटनास्थल पुगेको थियो। लगतै स्थानीयले प्रहरीको जिम्मा लगाएका थिए। पक्राउ परेका ती व्यक्ति चार कम्युनिष्ट पार्टीको मध्ये एक पार्टीको कार्यकर्ता रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी चक्रराज जोशीले सेतोपाटीलाई जानकारी दिए।

    एसपी जोशीका अनुसार थप अनुसन्धानका लागि अहिले ती व्यक्तिलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। ‘बसको सिसा फोडेपछि कुटिएका हुन्।

    बन्द गर्ने भन्दै १५-२० जना सुरूमा भेला भएका थिए। त्यहाँबाट प्रहरीले उनीहरूलाई उठाउन खोज्यो,’ प्रहरी उपरीक्षक जोशीले भने, ‘केही मान्छे भागेछन्।

    त्यसमध्ये यो एक जना पनि थिए। फेरि फर्किएर आएर बसमा ढुंगाले हिर्काएछन्।’ ती युवकमाथि चोटपटक भने नलागेको उनले बताए। ‘चोटपटक लागेको त छैन।

    कपडाहरू भने च्यातिएका छन्। अहिले हाम्रो नियन्त्रणमा छ,’ उनले भने। प्रहरीले बनेपामा बन्द गर्न खोज्ने आठ जनालाई नियन्त्रणमा लिएको छ। आज चार कम्युनिष्ट पार्टीको संयुक्त मोर्चाले आव्ह्रान गरेको बन्दको प्रभाव काभ्रेमा शून्य रहेको उनले जानकारी दिए।

    ठाउँठाउँमा बन्दकर्ताहरुले सार्वजनिक सवारीहरुमा तोडफोड गरेका छन् भने अहिलेसम्म बन्द गराउँदै हिड्ने दुई दर्जनबढी बन्दकर्ता पक्राउ परिसकेका छन्।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology