Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

बागलुङमा बन्दको प्रभाव,यातायात र स्कुलहरू ठप्प, ५ बन्दकर्ता पक्राउ

बागलुङमा बन्दको प्रभाव,यातायात र स्कुलहरू ठप्प, ५ बन्दकर्ता पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ७, २०७९ मंगलवार • १३:०७:४४ बजे
  • 841
    SHARES
  • बागलुङमा  बन्दको प्रभाव,यातायात र स्कुलहरू ठप्प, ५ बन्दकर्ता पक्राउ

    यहाँ नेपाल बन्दको आयोजाना गर्ने ४ दलीय कम्युनिस्टका ५ जना पार्टीकार्यकर्ता पक्राउ परेका छन् ।

    images

    नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुतीले नेतृत्व गरेको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल , ऋषि कट्टेलको नेपाल कम्युनिस्ट पार्टी र कर्णजित बुढाथोकी सुशीलले नेतृत्व गरेको नेकपा माओवादी समाजवादी पार्टीले आयोजना गरेको बन्द सफल पार्न हिडेका नेता कार्यकर्ता पक्राउ परेका हुन् ।

    बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बागलुङका जिल्ला इन्चार्ज छम सेन लगाएतका नेता कार्यकर्ता पक्राउ परेका हुन् ।

    बागलुङ सदरमुकामका विभिन्न ठाउँबाट उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय बागलुङका सूचना अधिकारी इन्द्र बहादुर रानाले बताउनु भयो ।

    राष्ट्रियता स्वाधीनतामाथिको हस्तक्षेप, जनतन्त्र, जनजिविका, मुल्य वृद्वि, कालोबजारी, भ्रष्टाचार, कमिसनखोरी लगायत समसामयिक विषयमा वर्तमान सत्ता गठबन्धन सरकारको विरोध गर्दै ४ दलीय कम्युनिस्ट पार्टीले आयोजना गरेको नेपाल बन्दको जिल्लामा आंशिक प्रभाव परेको छ ।

    बन्द आयोजना गर्ने ४ राजनीतिदलले एमसिसि सम्झौता, एसपिपि परियोजना खारेजीको विरूद्वमा समेत आन्दोलन भएको बिज्ञप्ती मार्फत जनाएको छ ।

    बढ्दो महंगी भ्रष्टाचार नागरिकता विधेयक लगायतका समसामयिक विषयमा केन्द्रित भएर नेपाल बन्दको आयोजना गरेको नेपाल कम्युनिस्ट पार्टी चन्द समुहका बागलुङ म्याग्दी तथा मुस्ताङ इन्चार्ज ध्रुव घिमिरेले बताए ।

    बन्दका कारण बागलुङबाट छुट्ने काठमाडौँ , पोखरा , नारायणगढ, बुटवल , काँकडभिट्टा , वीरगन्ज लगायतका दर्जनौं शहर जाने बस, मिनिबस , माइक्रो बस भने बिहानैदेखि ठप्प छन् ।

    बागलुङ बजारका पसलहरू, सामुदायिक विद्यालय, निजी विद्यालयमा समेत पढाइ प्रभावित बनेको छ । नेपाल बन्द सफल पार्नको लागि बागलुङ सदरमुकाममा सोमबार मशाल जुलुस समेत प्रदर्शन गरिएको थियो ।

  • सम्बन्धित विषय:

  • # ५ बन्दकर्ता पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology