सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले नेकपा (एकीकृत समाजवादी)बीच विचार र कार्यदिशामा समानता रहेको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव पुनले विचार मिलेकै कारण आसन्न ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा साझा घोषणापत्र बनाउने सहमति दुई दलबीच भएको बताए ।
त्यस्तै, उनले एकता संयोजन समिति बनाउने र निर्वाचनपछि पार्टी एकता हुने सहमति आफूहरुबीच भइसकेको बताए । पुनले भने, ‘परिस्थितिले हामी अलग भएका छौं । तर फेरि पनि हामी वामशक्तिहरु एक ठाउँमा आउनुपर्छ ।
यसमा सबभन्दा राजनीति मिल्नेहरु भनेको माओवादी र समाजवादी नै हो ।’ उपमहासचिव पुनले ड़ा. बाबुराम भट्टराई र वामदेव गौतमसँग पनि एउटै घोषणापत्र बनाएर निर्वाचनमा जानेबारे छलफल चलेको जानकारी दिए ।
सकेसम्म एउटै घोषापत्र बनाएर जाने कुरा भइहरको उनले बताए ।