Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एमाले राष्ट्रवादको मुकुण्डो लगाएर भोट बटुल्ने दुस्साहस गर्दैछ:प्रचण्ड

एमाले राष्ट्रवादको मुकुण्डो लगाएर भोट बटुल्ने दुस्साहस गर्दैछ:प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ८, २०७९ बुधवार • ०९:३२:१७ बजे
  • 940
    SHARES
  • एमाले राष्ट्रवादको मुकुण्डो लगाएर भोट बटुल्ने दुस्साहस गर्दैछ:प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेले नागरकिता विधेयकबारे गलत प्रचार गरेको बताएका छन् ।

    images

    एमालेले एमाले राष्ट्रवादको मुकुण्डो लगाएर भोट बटुल्ने दुस्साहस गरिरहेको उनको भनाइ छ ।

    बुधबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले उनले भने, ‘यो विधेयकको सारतत्व भनेको आमाबुवा दुवै नेपालको नागरिक भएका छोराछोरीले नागरिकता पाउने विषय हो ।

    नागरिकता नहुँदा ७ लाख युवा अवसरबाट वञ्चित थिए । यसलाई राष्ट्रघाती भन्नु पाखण्ड हो ।’ केपी शर्मा ओली प्रधानमन्त्री हुँदा लगिएको अध्यादेशमा भएका व्यवस्थाभन्दा कुनै फरक नभएको उनको भनाइ छ ।

    ‘एमाले राष्ट्रवादको मुकुण्डो लगाएर भोट बटुल्न सकिन्छ कि भनेर दुस्साहस गरिररहेको छ,’ प्रचण्डले भने, ‘तर जनता सचेत भइसकेका छन् । यस्ता पाखण्डी प्रचारको पछि लाग्दैनन् ।’

  • सम्बन्धित विषय:

  • # प्रचण्ड
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology