Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अमिताभ बच्चन कोरोना सङ्क्रमित

अमिताभ बच्चन कोरोना सङ्क्रमित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ८, २०७९ बुधवार • १७:२३:४५ बजे
  • 736
    SHARES
  • अमिताभ बच्चन कोरोना सङ्क्रमित

    एजेन्सी । भारतका चर्चित कलाकार अमिताभ बच्चन कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा आफू कोरोना भाइरसबाट सङ्क्रमित भएकोजानकारी दिएका छन् ।

    images

    ‘म कोरोना भाइरसबाट सङ्क्रमित भएको भर्खरै पुष्टि भएको छ, पछिल्लो समयमा मेरो सम्पर्कमा रहेकाहरुले कोरोना भाइरसको परीक्षण गराउनु हुन र सतर्कता अपनाउनुहुन अनुरोध छ,’ उनले लेखेका छन् ।

    उनले आफू अहिले पहिलो पटक सक्रङ्क्रमित भएको हैन भन्दै यसलाई स्वभाविक र सहज रुपमा लिएको उल्लेख गरेका छन् । यसअघि उनी सन् २०२० को जुलाईमा पहिलो पटक सङ्क्रमित भएका थिए ।

    त्यति बेला उनी झण्डै तीन हप्ता अस्पतालमै रहेका थिए । उनी मात्रै नभई उनका छोरा तथा अभिनेता अभिषेक बच्चन, बुहारी तथा अभिनेत्री ऐश्वर्या राय र नातीनी आराध्या पनि सङ्क्रमित भएका थिए ।

  • सम्बन्धित विषय:

  • # कोरोना सङ्क्रमित
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology