Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

विकास, समृद्धि र व्यवस्था रक्षाका लागि सङ्घर्षरत छु : प्रचण्ड

विकास, समृद्धि र व्यवस्था रक्षाका लागि सङ्घर्षरत छु : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ८, २०७९ बुधवार • १७:३९:१२ बजे
  • 859
    SHARES
  • विकास, समृद्धि र व्यवस्था रक्षाका लागि सङ्घर्षरत छु : प्रचण्ड

    चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास, समृद्धि र व्यवस्था रक्षाका लागि आफू सङ्घर्षरत रहेको बताएका छन् ।

    images

    आफ्नो निर्वाचन क्षेत्र माडीमा विभिन्न आयोजनाको शिलान्यास, उद्घाटन, अनुगमन र भेटभाटका क्रममा उनले राजनीतिक स्थायित्वका लागि आफ्नो सङ्घर्ष कायम रहेको बताए ।

    कम्युनिष्ट पार्टी एकता र विघटनका कारण निर्वाचन क्षेत्रमा सोचे जति काम हुन नसकेको भन्दै उनले पछिल्लो समय विकासका काम तीव्र गतिमा अघि बढेको बताए ।

    उनले भने, ‘विगतका वर्षहरुमा कोरोना महामारी र यसअघिको सरकारको अवरोधका कारण विकासले गति लिन सकेन ।’ माडीको विकासमा निकुञ्ज ऐन बाधक रहेको भन्दै उनले त्यसलाई समयसापेक्ष बनाउने गरी प्रक्रिया अगाडि बढेको बताए ।

    माडीको विकास र समृद्धि बिना आफूले लिएको लक्ष्य पूरा हुन नसक्ने जनाउँदै उनले चितवनलाई देशकै विकासको मोडेल बनाएर लागू गर्ने सङ्कल्प आफ्नो रहेको बताए ।

    बाँदरझुला र माडीका भूमिहीन सुकुम्बासीको जग्गा नाप्ने काम तीन दिनभित्र सुरु हुने उनको भनाइ छ । नापजाँच सकिएसँगै जग्गाधनी पुर्जा वितरण गरिने उनले बताए ।

    शिक्षा, स्वास्थ्य, कृषि र विद्युतीकरणको क्षेत्रमा माडीमा ठूलो क्रान्ति भएको जनाउँदै उनले माडीको विकास बिना चितवनको समृद्धिको सपना साकार नहुने बताए ।

    उनले माडी नगरपालिका वडा नं ५ र ६ जोड्ने रतनी खोला पुलको उद्घाटन, १२ किलोमिटर लामो बरुवा बजार–भैरवपुर–पर्साचोक–बैदार सिम्रेनी–गङ्गटे सडक शिलान्यास, टम्टा खोला तटबन्धको शिलान्यास गरे ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology