Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

तपाईँको घरको नक्सा मसँग हुन्छ कि तपाईसँग :बालेन

तपाईँको घरको नक्सा मसँग हुन्छ कि तपाईसँग :बालेन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ९, २०७९ बिहिवार • १४:१५:२७ बजे
  • 811
    SHARES
  • तपाईँको घरको नक्सा मसँग हुन्छ कि तपाईसँग :बालेन

    अवैध संरचनाहरु हटाउँदै हिँडेका काठमाडौं महागरपालिकाका मेयर बालेन शाह बिहीबार अल्फा बिटा कम्प्लेक्समा पुगे । नयाँ बानेश्वर क्षेत्रमा रहेको अल्फाबिटाले भवनको अगाडिको भागमा सटर निकालेर फर्मेसी सञ्चालन गर्न दिएको छ ।

    images

    पार्किङ भने सडक पेटीमा हुने गरेको छ । मेयर बालेनले घरको नक्सा खोजे । त्यहाँ उपस्थित अल्फाबिटाका प्रतिनिधिले उल्टो मेयरसँग नक्सा मागे ।

    मेयर बालेनले प्रश्न गरे, ‘तपाईँको घरको नक्सा मसित हुनुपर्छ ?’ अल्फाबिटाका प्रतिनिधिले प्रतिप्रश्न गरे, ‘नगरपालिकामा के हुन्छ त ?’ उनले आफूहरुले कुनै गलत काम नगरेको, तर मिडिया लिएर आएको भन्दै असन्तुष्टि जनाए । बालेनले पत्रिकामा निकालेको ३५ दिने सूचना देखाए ।

    अनि जंगिएर बोले, ‘यहाँ यत्रो नोटिस दिएको छ, यो के हो ? ३५ दिनभित्र खाली गर भनेर नोटिस दिएको छैन ? तपाईँको घरको नक्सा मसँग हुन्छ कि तपाईसँग ?’ अल्फाबिटाका अर्का प्रतिनिधिले भने, ‘बालेन सर, तपाईँ आवेगमा आएर नबोल्नुस्, हाम्रो प्रतिनिधि होइन र तपाईँ ?’ अघिदेखि बालेनसँग बहस गरिरहेका व्यक्तिले मलाई थर्काउन खोजेको भनेर बोलेनलाई अर्को प्रश्न गरे ।

    तर मेयर बालेनले तत्काल प्रतिवाद गरे । आफूहरुले मिडिया स्टन्ट पनि नगरेको उनले बताए । महानगरका साढे २ लाख घरमा गएर सूचना दिन नसक्ने भएर पत्रिकामा सूचना निकालेको र अवैध संरचना हटाउनुपर्ने बताए । व्यावसायिक भवनहरुले आफ्नो पार्किङ हुनुपर्ने बताए ।

    महानगरका कर्मचारीले पनि आफूहरुको अफिस नजिकै भएकाले नक्सा लिएर आउन आग्रह गरे । तर अल्फाबिटाका प्रतिनिधिले लिखित दिए वकिलसहित आउने बताए । साथै आफूहरुले राज्यलाई कर तिरेको भन्दै व्यावसायीलाई सम्मान गर्न उनले आग्रह गरे ।

  • सम्बन्धित विषय:

  • # तपाईँको घरको नक्सा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology