Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भारत-चीनबीच ५ बुँदे सहमति, दुबै देशले सीमा रेखामा सैनिक कम गर्ने

भारत-चीनबीच ५ बुँदे सहमति, दुबै देशले सीमा रेखामा सैनिक कम गर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २६, २०७७ शुक्रवार • ०८:४४:५२ बजे
  • 2.1K
    SHARES
  • भारत-चीनबीच ५ बुँदे सहमति, दुबै देशले सीमा रेखामा सैनिक कम गर्ने

    एजेन्सी । भारत-चीन सीमा विवाद उत्कर्षमा पुगेपछि रुसमा दुई देशका विदेशमन्त्री स्तरमा वार्ता भएको छ । नेपाली समय अनुसार गएराति भएको वार्तामा ५ बुँदे सहमति भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    images
     

    भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ यीबीच सीमा क्षेत्रमा तैनाथ हजारौ सैनिक कम गर्दै जाने सहमति भएको भारतीय समाचार एजेन्सी एएनआइले जनाएको छ ।

    सांघाई सहयोग संगठन (एससिओ)को बैठकमा भाग लिन मस्को पुगेका जयशंकर र वाङबीच झण्डै २:३० घन्टा भेटवार्ता भएको थियो । भेटवार्तामा सैनिकको संख्या घटाउने, दुबै देशले सीमा क्षेत्रमा उचित दूरी बनाउने, विगतका सहमति पालना गर्ने, भारतले प्रतिबन्ध गरेका विभिन्न एप्सहरुसहित चीनविरुद्धका नीति परिमार्जन गर्ने र उच्चस्तरीय वार्ता गर्ने लगायतका सहमति भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    पछिल्लो समय ४५ वर्षपछि भारत चीन सम्बन्धमा दरार आएर सीमा क्षेत्रमा फायरिङ भएको थियो ।

  • सम्बन्धित विषय:

  • # अन्तराष्ट्रिय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology