Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

युक्रेनले स्वतन्त्रता दिवश मनाइरहेकै बेला रुसी आक्रमण, २२ जनाको मृत्यु

युक्रेनले स्वतन्त्रता दिवश मनाइरहेकै बेला रुसी आक्रमण, २२ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ९, २०७९ बिहिवार • १४:२१:२२ बजे
  • 607
    SHARES
  • युक्रेनले स्वतन्त्रता दिवश मनाइरहेकै बेला रुसी आक्रमण, २२ जनाको मृत्यु

    युक्रेनले स्वतन्त्रता दिवश मनाइरहेकै बेला रुसले रकेट आक्रमण गरेको छ । सो आक्रमणमा परी २२ जनाको मृत्यु भएको युक्रेनले जनाएको छ । युक्रेनले बुधबार स्वतन्त्रता दिवश मनाएको छ ।

    images

    युक्रेनले स्वतन्त्रता दिवश मनाइरहँदा रुसी सेनाले रकेट आक्रमण गरेको बीबीसीले उल्लेख गरेको छ । यसैबीच रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको ६ महिना पूरा भएको छ । बुधबार रुसको आक्रमणका पीडितमध्ये पाँच जनाको सवारी साधनभित्रै जलेर मृत्यु भएको बताइएको छ । आक्रमणमा परी एक ११ वर्षीय बालकको पनि मृत्यु भएको बीबीसीले जनाएको छ ।

    युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठकबीच आक्रमणबारे जानकारी दिएका थिए । सो आक्रमणमा परी ५० जना घाइते भएको उनले बताएका छन् । जेलेन्स्कीले आफू सुरक्षा परिषदमा बोल्ने तयारी गरिरहेको बेला निप्रोपेट्रोभ्स्क क्षेत्रको च्याप्लिनमा भएको रकेट प्रहारबारे थाहा पाएको बताएका छन् ।

    ‘अहिले चार वटा यात्रुवाहक सवारी साधनमा आगलागी भएको छ’ उनले भनेका छन्, ‘त्यहाँ मृत्यु हुनेको संख्या बढ्न सक्छ ।’ राष्ट्रपति जेलेन्स्कीले यसअघि नै स्वतन्त्रता दिवशका दिन रुसले वाधा पु¥याउनसक्ने बताएका थिए । यसअघि उनले मस्कोको सेनालाई जापोरीजा परमाणु ऊर्जा केन्द्रलाई ‘युद्ध क्षेत्र’मा परिणत गरेको आरोप लगाएका थिए ।

    उर्जा केन्द्रमा भएको बमबारीका कारण युरोपका मानिसहरू जोखिममा परेको र विश्वलाई नै ‘परमाणु विपद्को नजिक’ पु¥याएको बताएका थिए । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले यस ‘अर्थहीन युद्ध’का कारण युक्रेन र त्यहाँ बाहिरका लाखौँ मानिसहरूलाई चरम गरिबीमा धकेल्न सक्ने चेतावनी दिएका छन् ।

    युक्रेनको स्वतन्त्रता दिवसको अवसरमा विश्वभर मानिसहरू युक्रेनको समर्थनमा जम्मा भएका थिए । उक्त अवसरमा विश्व नेताहरूले पनि यस संकटग्रस्त युक्रेनप्रति समर्थन व्यक्त गरेका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology