Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

घनश्यामको फरक मत :पार्टी र ओलीले गरेका गल्तीबारे श्वेतपत्र जारी गरौँ

घनश्यामको फरक मत :पार्टी र ओलीले गरेका गल्तीबारे श्वेतपत्र जारी गरौँ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ९, २०७९ बिहिवार • १४:३२:१७ बजे
  • 892
    SHARES
  • घनश्यामको फरक मत :पार्टी  र ओलीले गरेका गल्तीबारे श्वेतपत्र जारी गरौँ

    नेकपा एमालेका नेता घनश्याम भुसालले नेकपा विभाजनका कारण १५० सिट गुमाउनुपरेको बताएका छन् ।

    images

    पार्टी स्थायी कमिटी बैठकमा फरक मत राख्दै नेता भुसालले यस्तो हिसाव राखेका हुन् । ‘कम्तिमा १५० स्थानीय तह कम्युनिष्ट पार्टीको विभाजनका कारणले गुमेका छन् ।

    त्यो क्षति हामी बाँचेका सबै कम्युनिष्टको नालायकी हो । फेरि निर्वाचन आउँदैछ’, भुसालले राखेको चार पेज लामो फरक मतमा भनिएको छ । त्यस्तै मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि वाममोर्चा बनाउन जोड गरेका छन् ।

    भुसालले भनेका छन्, ‘स्थानीय तहको परिणामका आधारमा हेर्दा वाममोर्चा बनेको अवस्थामा संघीय संसदको निर्वाचनमा प्रत्यक्ष तर्फका १६५ सिटमा करिब १५० सिटसम्म ल्याउन सक्ने देखिन्छ ।

    त्यसको अर्थ संसदमा दुई तिहाइभन्दा बढी हो । वाममोर्चा नबन्दा कम्युनिष्ट पार्टीले गुमाउने कुरा छर्लङ्ग छ ।’ साथै उनले नेकपाको विभाजन कम्युनिष्ट पार्टीका विरुद्ध भयानक कारणका रुपमा प्रयोग भएको तथा विभाजन मुलुकको लोकतान्त्रिक स्थिरता, राष्ट्रिय हित र स्वाधिनताको रक्षाका साथै समृद्धिका विरुद्ध पनि प्रयोग भएको बताएका छन् ।

    ‘आज हामी निर्वाचनको सम्मुख छौँ । हामीले के बुझ्नुपर्छ भने केवल निर्वाचनले मात्रै अहिले देखापरेका सङ्कटको समाधान हुँदैन । दलाल पुँजीवादको ठाउँमा राष्ट्रिय पुँजीको विकास गर्ने कार्यक्रमका साथ कम्युनिष्ट पार्टीको बहुमतले मात्रै गुमेको अवसरलाई फर्काउन सक्छ ।

    यो दायित्व सबै कम्युनिष्टहरुको काँधमा आएको छ । अर्थात्, सबै कम्युनिष्ट पार्टीहरू एक ठाउँमा उभिनु आजको सबैभन्दा ठूलो कार्यभार हो’, भुसालले सबै कम्युनिस्ट पार्टी एक हुनुपर्नेमा जोड समेत दिएका छन् । उनले एमालेको नेतृत्वमा मात्रै त्यस्तो मोर्चा बन्न सक्ने दावी समेत गरेका छन् ।

    ‘के पनि अकाट्य छ भने नेकपा एमालेको नेतृत्वमा मात्रै त्यस्तो मोर्चा वा एकता बन्नसक्छ, र नेकपा एमालेले नै यसको पहलकदमी पनि लिनुपर्छ’, नेता भुसालको भनाइ छ । भुसालले आफ्नो फरक मत पोलिटब्युरो र केन्द्रीय कमिटीमा समेत लैजाने तयारी गरेको उनी निकट नेताहरुको भनाइ छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology