Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

अल्फाबिटाले बिना नक्सा बनाएको संरचनामा महानगरको डोजर

अल्फाबिटाले बिना नक्सा बनाएको संरचनामा महानगरको डोजर

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ९, २०७९ बिहिवार • १९:१३:५३ बजे
  • 532
    SHARES
  • अल्फाबिटाले बिना नक्सा बनाएको संरचनामा महानगरको डोजर

    नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्सको अनधिकृत संरचना काठमाडौं महानगरले डोजर लगाएर भत्काई दिएको छ ।

    images

    महानगरका मेयर बालेन (बालेन्द्र) शाहको उपस्थितिमा नक्सा बिना बनाइएको अल्फाबिटाको अनधिकृत संरचनामा डोजर चलाइएको हो । यसअघि बिहान सोही स्थानमा पुगेका शाह र डघरबेटी द्विराज शर्माबीच सवाल जवाफमा चलेको थियो । तर नियमानुसार अवैध संरचना भत्काइने भन्दै फर्किएका बालेन बिहीबार दिउँसो पुनः डोजर लिएर भत्काउन पुगेका हुन् ।

    बिहान अनुगमनका लागि पुग्दा अल्फाबिटाले भवनको अगाडिको भागमा पार्किङस्थलको साटो सटर निकालेर फार्मेसी सञ्चालन गर्न दिएको पाइएको थियो ।

    यस्तो देखेपछि बालेनले शर्मासँग घरको नक्सा मागे । तर, शर्माले महानगरसँग होला भन्दै उल्टै बालेनसँग मागे । त्यसपछि आक्रोशमा आएका बालेनले भने, ‘तपाईको घरको नक्सा मसँग हुनुपर्छ ?’ घरबेटीले नक्सा नगरपालिकासँगै हुने र मिडिया लिएर स्टन्ड देखाउन आएको आशयसहित कटाक्ष गरे ।

    त्यसपछि ३५ दिने सूचना देखाएर जंगिँदै बालेनले भने, ‘यत्रो नोटिस दिएको छ, यो के हो ? ३५ दिनभित्र खाली गर भनेर नोटिस दिएको छैन ?’ बालेन जंगिएपछि जनप्रतिनिधि आवेगमा नआउनू भन्दै केहीले बालेनलाई सम्झाउने प्रयास समेत गरेका थिए ।

    बालेनले पार्किङका लागि बनाइएको बेसमेन्टमा अन्य व्यवसाय सञ्चालन गरेको पाइएपछि त्यसलाई हटाउन निर्देशन दिएर फर्किएका छन् । तर, हट्ने छाँटकाँट नदेखिएपछि डोजर लगाएर भत्काइएको छ ।

    एउटा प्रयोजनका लागि बनाइएको संरचना अर्को प्रयोजनमा प्रयोग भएपछि महानगरले यसअघि नै ३५ दिने सूचना निकालेको थियो । ३५ दिनसम्म पनि नहटाएपछि महानगर आफैंले संरचना हटाउन थालेको हो ।

    यसअघि बुधबार काठमाडौं मल र न्युरोडको आरबी कम्प्लेक्स लगायतको अनधिकृत संरचनामा डोजर चलाइएको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology