Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

एमाले बैठकमा वाम एकताको प्रस्ताव

एमाले बैठकमा वाम एकताको प्रस्ताव

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ९, २०७९ बिहिवार • १९:१६:२४ बजे
  • 262
    SHARES
  • एमाले बैठकमा वाम एकताको प्रस्ताव

    नेकपा एमाले पोलिट्व्युरो बैठकमा वाम एकताको प्रस्ताव गरिएको छ । च्यासलस्थित पार्टी मुख्यालयमा बिहीबार बसेको पोलिट्व्युरो बैठकमा स्थायी कमिटी सदस्य घनश्याम भुसालले वाम एकता गरेर एमालेले नेतृत्व लिनुपर्ने प्रस्ताव गरेका हुन् ।

    images

    भुसालले एमालेले वाम एकताको नेतृत्व र अगुवाइ गर्नुपर्ने प्रस्तावमा उल्लेख गरेका छन् ।

    वाम एकताका लागि एकीकृत समाजवादी र माओवादी केन्द्रबाट सम्भव नभएको बताएका भुसालले एमालेले नै वाम एकताको नेतृत्व गर्नुपर्ने जिकीर गरेका छन् । वाम एकता गरेर स्वेतपत्र जारी गरेमा जनताले दुई तिहाइ मत दिने भुसालको विश्वास छ । वाम एकता गरेर अघि बढेमा आसन्न निर्वाचन १५० सिट जित्ने उनले दाबी गरेका छन् ।

    ‘अहिले एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीसमेतले जितेका स्थानीय तह जम्मा ३४७ छन् । कम्तिमा १५० स्थानीय तह कम्युनिष्ट पार्टीको विभाजनका कारण गुमेका छन् ।

    त्यो क्षति हामी बाँचेका सबै कम्युनिष्टको नालायकी हो,’ घनश्याम भुसालले प्रस्तावमा उल्लेख गरेका छन्, ‘फेरि पनि निर्वाचन आउँदै छ ।

    स्थानीय तहको परिणामका आधारमा हेर्दा वाममोर्चा बनेको अवस्थामा संघीय संसदको निर्वाचनमा प्रत्यक्षतर्फ १६५ सिटमा १५० सिटसम्म ल्याउन सक्ने देखिन्छ । त्यसको अर्थ संसदमा दुई तिहाइभन्दा बढी हो । वाममोर्चा नबन्दा कम्युनिष्ट पार्टीले गुमाउने छर्लङ्गै छ ।’

  • सम्बन्धित विषय:

  • # वाम एकताको प्रस्ताव
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology