Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

धरानका मेयर साम्पाङको वृक्षारोपण अभियानमा सहभागी हुँदै प्रचण्ड

धरानका मेयर साम्पाङको वृक्षारोपण अभियानमा सहभागी हुँदै प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १०, २०७९ शुक्रवार • १२:२८:३८ बजे
  • 673
    SHARES
  • धरानका मेयर साम्पाङको वृक्षारोपण अभियानमा सहभागी हुँदै प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ धरान उपमहानगरका मेयर हर्क साम्पाङले चलाएको वृक्षारोपण अभियानमा सहभागी हुने भएका छन् ।

    images

    शुक्रबार बिहान विराटनगरतर्फ लागेका प्रचण्ड विराटनगरमा हुने पार्टीको प्रदेश १ को कार्यक्रममा सहभागीपछि धरान जाने कार्यक्रम रहेको छ ।

    जनवादी गायक जेबी टुहुरेको स्मृतिमा आयोजित कार्यक्रममा सहभागी हुन अध्यक्ष प्रचण्ड धरान जाने कार्यक्रम रहेको छ । सोही अवसरमा धरानका मेयर साम्पाङले चलाएको वृक्षारोपण कार्यक्रम प्रचण्ड सहभागी हुने भएका हुन् ।

    धराका उपमेयर आइन्द्रविक्रम बेघाले शुक्रबार सर्दु जलाधार क्षेत्रमा हुन लागेको वृक्षारोपण कार्यक्रममा प्रचण्ड सहभागी हुने बताएका छन् ।

    उपमेयर बेघाले भने, ‘वृक्षारोपणको कार्यक्रम सकेर अध्यक्ष जेबी टुहुरे स्मृतिमा आयोजित कार्यक्रममा सहभागी हुनुहुनेछ ।’

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology