Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

चुनाव चिन्ह ‘गाई’ नपाएपछि राप्रपा नेपाल निर्वाचन आयोगविरुद्ध अदालत जाने

चुनाव चिन्ह ‘गाई’ नपाएपछि राप्रपा नेपाल निर्वाचन आयोगविरुद्ध अदालत जाने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १०, २०७९ शुक्रवार • १२:३१:१० बजे
  • 463
    SHARES
  • चुनाव चिन्ह ‘गाई’ नपाएपछि  राप्रपा नेपाल निर्वाचन आयोगविरुद्ध अदालत जाने

    निर्वाचन आयोगले आफुले दावी गरेको निर्वाचन चिन्ह नदिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल अदालत जाने भएको छ ।

    images

    निर्वाचन आयोगले चुनाव चिन्ह ‘गाई’ नदिएपछि राप्रपा नेपाल अदालत जान लागेको हो ।

    राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज सामाजिक सञ्चाल ट्वीटरमा स्टाटस पोष्ट गर्दै आयोगले आफ्नो पर्टीले पटक-पटक ‘गाई’ चिन्ह अद्यावधिक गर्न दिएको निवेदनको उपेक्षा गरेको बताउदै त्यसकोविरुद्ध अदालत जाने बताएका हुन् ।

    ‘कानुन अनुसार चुनाव चिन्ह छान्ने अधिकार राजनीतिक दलको हो । राप्रपा नेपालले पटकपटक ‘गाई’ चिन्ह अद्यावधिक गर्न दिएको निवेदनको उपेक्षा गर्नु र सर्वोच्च अदालतको अन्तरिम आदेशको समेत अवज्ञा गर्नुमा निर्वाचन आयोगको बदनियत देखिन्छ ।

    आयोगको स्वेच्छारीता विरुद्ध न्यायको निम्ति हामी अदालत जानेछौ,’ अध्यक्ष थापाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology