Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

कम्युनिष्टहरुले र अझ खासगरि माओवादीले गर्नुपर्ने काम हर्कले गर्नुभयो:प्रचण्ड

कम्युनिष्टहरुले र अझ खासगरि माओवादीले गर्नुपर्ने काम हर्कले गर्नुभयो:प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १०, २०७९ शुक्रवार • १३:०१:४२ बजे
  • 517
    SHARES
  • कम्युनिष्टहरुले र अझ खासगरि माओवादीले गर्नुपर्ने काम हर्कले गर्नुभयो:प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धरान उपमहानरका मेयर हर्क नेम्वाङले सुरु गरेको विरुवारोपण कार्यक्रममा सहभागिता जनाएका छन् । उनले वरिष्ठ कलाकार जेबी टुहुरेको स्मृतिमा धरानमा विरुवा रोपेको बताए ।

    images

    विरुवारोपण कार्यक्रममा संक्षिप्त प्रतिक्रिया जनाउँदै प्रचण्डले कम्युनिष्टहरुले र अझ खासगरी माओवादीले गर्नु पर्ने काम हर्कले गरेको बताए।

    ‘सिंगै देशले उहाँको कामलाई बडो गम्भीरतापूर्वक हेरेको छ,’ प्रचण्डले भने, ‘हामी कम्युनिष्टहरुले र अझ खासगरि माओवादीले गर्नु पर्ने काम उहाँले गरिराख्नु भएको छ।’ उनले आफ्ना पार्टीका नेता, कार्यकर्तालाई हर्कको कामबाट प्रेरणा लिन समेत आग्रह गरे।

    ‘म पार्टीका साथीहरु र देशका सबै श्रमजीवी जनतालाई पनि हर्कको व्यवहारबाट, उहाँको आचरणबाट प्रेरणा लिन अनुरोध गर्न चाहान्छु,’ प्रचण्डले भने।

    विरुवारोपण कार्यक्रममा धरानका मेयर हर्क, उपमेयर अइन्द्र बिक्रम बेघा लगायतको सहभागिता थियो । धरानका लागि खानेपानीका मुहान संरक्षण गर्ने भन्दै मेयर साम्पाङको नेतृत्वमा धरानमा वृक्षरोपण अभियान चलिरहेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology