Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

चाहेको यत्ति हो:बालेन

चाहेको यत्ति हो:बालेन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ११, २०७९ शनिवार • १०:०७:०५ बजे
  • 589
    SHARES
  • चाहेको यत्ति हो:बालेन

    ‘महानगरको सूचनालाई अनुसरण गर्दै अन्डरग्राउन्ड पार्किङको मर्मत निर्माण कार्य हुँदैछ।’ राजधानीमा रहेको एक निजी पसल सञ्चालकले आफ्नो मूलढोकामा टाँसेको सूचनामा उल्लेख भएको व्यहोरा हो यो।

    images

    यही सूचनाको तस्बिर शुक्रबार समाजिक सञ्जालमा भाइरल बन्यो। यही तस्बिरलाई फेसबुकमा पोस्ट गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले लेखिहाले, ‘चाहेको यत्ति हो कि जे जुन प्रयोजनका लागि बनेको छ, त्यही रूपमा प्रयोग होस्। यो कुरालाई पहिलेदेखि नै व्यावहारिक रूपमा प्रयोग गर्नुभएकाहरूप्रति महानगर आभारी छ।’

    महानगरको अहिलेको अभियानलाई साथ दिने सबैलाई धन्यवाद दिँदै बालेनले नियमको पालना गरिदिन र महानगर व्यवस्थित बनाउन सबैलाई आग्रह गरेका छन्।

    महानगरको अभियान र आग्रहले सकारात्मक संकेत देखाएको छ। यसको एउटा उदाहरण शुक्रबार त्रिपुरेश्वरमा देखियो। यहाँस्थित राहदानी विभागमा जाँदा जोरपाटीका सुमन घिमिरेले बाइक राख्ने ठाउँको अभावमा पटकपटक थुप्रै दुःख बेहोरे। पार्किङको व्यवस्था नहुँदा कार्यालयछेउमै बाइक अड्याउँदा कतिपटक त बाइक ढलेको र एकपटक ट्राफिक जरिवानासमेत तिरेको उनको अनुभव छ। तर शुक्रबार भने घिमिरे खुसी देखिन्थे।

    ‘आज पनि बाइक पार्किङमा समस्या भोगियो,’ उनले भने, ‘अबदेखि चाहिँ यो समस्याबाट मुक्ति मिल्ने विश्वास लिएको छु।’

    याे खबर नागरिक दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # चाहेको यत्ति हो:बालेन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology