Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

सक्कली वाम एकताको लागि ओलीको आह्वान

सक्कली वाम एकताको लागि ओलीको आह्वान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ११, २०७९ शनिवार • १७:४२:४० बजे
  • 895
    SHARES
  • सक्कली वाम एकताको लागि ओलीको आह्वान

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक, देशभक्त, प्रगतिशील र वामपन्थीहरूबीच एकता र सहकार्यको आह्वान गरेका छन् ।

    images

    एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले तर, त्यस्तो एकता सक्कली हुनुपर्ने बताएका छन् । उनले एकताको नाममा अल्मलिने भूलचाहि एमालेले नगर्ने प्रष्टाएका छन् ।

    नेकपा एमाले केन्द्रीय कमिटी बैठक पार्टीको केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा आज दोस्रो तथा अन्तिम दिन जारी छ । बैठकमा पोलिटब्यूरो बैठकले गरेका निर्णयहरू पेश क्रमैसँग भइरहेका छन् ।

     

    एमालेले समानुपातिकमा एक पटक मात्र अवसर दिने


     प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि २२ भदौभित्र उम्मेदवार सिफारिस गरिसक्न कमिटीहरुलाई निर्देशन दिएको छ ।


    केन्द्रीय कमिटीको बैठकले प्रदेश वा प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गर्ने, जिल्ला र प्रदेशले त्यसमा थप सुझाव दिएर केन्द्रमा नाम पठाउने विधि तय गरेको हो ।

    उम्मेदवारको अन्तिम टुंगो भने केन्द्रले लगाउने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । । तल्ला कमिटीहरुलाई एक महिलासहित ३ जनाको उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको छ ।

     

    समानुपातिकतर्फ एक पटक अवसर पाएकाहरुलाई आम रुपमा नदोहोर्‍याउन भनिएको गुरुङले जानकारी दिए । स्थानीय तहमा निर्वाचित भएकाहरुलाई पनि राजीनामा गराएर उम्मेदवार सिफारिस नगर्न भनिएको छ ।

     

    समानुपातिक सांसदलाई नदोहोर्‍याउने


     नेकपा एमाले केन्द्रीय कमिटीको चौथो बैठक सम्पन्न भएको छ ।

    बैठकले पार्टीलाई वैचारिक रुपले एकताबद्ध पार्दै र कार्यशैलीका हिसाबले एकरुपता ल्याउँदै पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन पास गर्दै सम्पन्न भएको छ ।

    बैठकले एकताको सन्देश प्रवाह गरेको विश्वास लिएको पार्टीको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बताए ।

     

    बैठकको पहिलो निर्णयमा पार्टी अध्यक्षले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि नौ वटा अलग अलग समूहले छलफल गरेको र उक्त छलफलबाट प्राप्त उपयुक्त सुझावलाई अध्यक्षले मनन् र प्रस्तुत गरि पारित गरेको छ ।

    दोस्रो निर्णयमा केन्द्रीय सल्लाहकार परिषद, केन्द्रीय अनुशन्धान आयोग, केन्द्रीय लेखा आयोग र निर्वाचन आयोगको अध्यक्षले आ–आफ्नो आयोगको काम र अपेक्षाको बारेमा जानकारी दिए । बैठकले उक्त जानकारी ग्रहण गरेको छ ।

    यस्तै, आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावका बारेमा उम्मेदवार मापदण्ड र सिफारिससम्बन्धी व्यवस्था तय गरेको छ । जिल्ला समन्वय कमिटीले प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस गर्ने, एउटा मात्रै निर्वाचन क्षेत्र रहेको जिल्लामा जिल्ला कमिटीले उम्मेदवार सिफारिस गर्नेलगायत निर्णय गरेको छ ।

    यही रितमा प्रदेशसभा सदस्य उम्मेदवारको पनि सिफारिस गर्ने बैठकले निर्णय गरेको छ । निर्वाचनका लागि उम्मेद्वारहरुको सिफारिस प्रक्रिया २२ भदौभित्र टुङ्ग्याउने निर्णय पनि भएको छ ।

    बैठकले २२ भदौभित्र क्षेत्र, जिल्ला र प्रदेशबाट उम्मेद्वार सिफारिस प्रक्रियाको काम सक्ने निर्णय पनि गरेको एक नेताले बताए । बैठकमा अध्यक्ष केपी ओलीले २० भदौभित्र उम्मेदवारसिफारिस सकेर अन्तिम छनौट गर्ने प्रस्ताव गरेका थिए ।

    हाल समानुपातिबाट सांसद रहेका पार्टी नेतालाई दो¥याउन नहुने निर्णय पनि गरेको छ । यस्ता क्षेत्रमा पालैपालो वितरण प्रणनली लागु गर्ने निर्णय भएको प्रचार विभाग प्रमुख गुरुङले बताए ।

    यस्तै, स्थानीय तह वा कुनै पनि तहका वहालवाला जनप्रतिनिधिलाई राजिनामा गराएर प्रतिनिधिसभा वा प्रदेशसभा निर्वाचनमा सहभागी गर्नु नहुने र यहाँ पनि अवसरको न्यायोचित वितरण आर्कषित हुने बैठकले निर्णय गरेको छ ।

    पछिल्लो पटकको कुनै पनि तहको निर्वाचनमा पराजित भएका उम्मेदवारहरूलाई पनि अबको निर्वाचनमा उम्मेदवार बनाइनु नहुने उनले बताए । तर, जनाधार भएका र अन्य पार्टीबाट एमाले प्रवेश गरेकाहरूका हकमा भने यो निर्णय उपयुक्न नहुन सक्छ । तर, प्रत्यक्षतर्फ भने यो निर्णय लागु नहुनसक्छ ।

    बैठकले एक पार्टी सदस्य बराबर दुई मतदाता थप्ने योजनासहित सबै टोल टोलमा भेला गर्ने र हरेक घरमा एक सदस्य विस्तार अभियानसहित चुनावी अभियान चलाउने निर्णय पनि गरेको छ । स्थानीय तहमा प्राप्त ३४ प्रतिशतलाई ५० प्रतिशत पुर्याएर बहुमत ल्याउनेगरी एमालेले मजत्वकांक्षी लक्ष्य निर्धारण गरेको छ ।

  • सम्बन्धित विषय:

  • # ओलीको आह्वान
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology