Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

कांग्रेसले १०० सिट नपाए गठबन्धन गर्न सकिँदैन : काेइराला

कांग्रेसले १०० सिट नपाए गठबन्धन गर्न सकिँदैन : काेइराला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ११, २०७९ शनिवार • १७:४७:२१ बजे
  • 397
    SHARES
  • कांग्रेसले १०० सिट नपाए गठबन्धन गर्न सकिँदैन : काेइराला

    सत्ता गठबन्धनमा आगामी निर्वाचनका लागि सिट बाँडफाँटबारे छलफल अन्तिम अवस्थामा पुगेको छ । तर, गठबन्धनको नेतृत्व गरिरहेका नेपाली कांगे्रसभित्र भने सिट बाँडफाँटमा फरक फरक धारणा रहँदै आएको छ ।

    images

    यस्तै, कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले १०० सिटभन्दा कम लिएर गठबन्धन गर्न नसक्ने बताएका छन् ।

    अहिलेको अवस्थामा गठबन्धन स्वीकारेर निर्वाचनमा जानुपर्ने बाध्यता भए पनि सिट संख्या १०० बाट घटाउन नसकिने उनको भनाइ छ ।

    नेता कोइरालाले भने, ‘कांग्रेस कमजोर छैन, एक्लै निर्वाचनमा जान सक्षम छ । तर परिस्थिति अनुकुल नभएकाले गठबन्धनमा जानु परेको हो ।’

    शनिबार नेपाली कांग्रेस मोरङ क्षेत्र नं–६ ले सुन्दरहरैंचामा आयोजना गरेको १ दिने प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सत्तारुढ गठबन्धनका अन्य पार्टीले दाबी गर्दैमा कुनै क्षेत्र छोड्न नसकिने समेत बताए ।

    उनले भने, ‘पार्टीको सांगठानिक अवस्था र जित्ने आधार हेरेरमात्रै सिट बाँडफाँट गर्नुपर्छ ।’

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology